राजनीतिदेउवाको गृह जिल्ला डडेल्धुरामा वडा अधिवेशनको माग गर्दै रिले अनशन

देउवाको गृह जिल्ला डडेल्धुरामा वडा अधिवेशनको माग गर्दै रिले अनशन

नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पुन वडा अधिवेशन गर्नूपर्ने माग गर्दै पार्टी कार्यालयमा रिले अनशन सुरु गरिएको छ।प्रधानमन्त्री समेत रहेका पार्टी सभापति देउवाले मनोमानी रुपमा अवैधानिक रुपमा क्रियाशिल सदस्यता वितरण गरेर जिल्ला कमिटिलाई वाइपास गरेर वडा अधिवेशन गरेकाले बिहीबारदेखि रिले अनसन थालिएको हो ।

नेपाली काँग्रेस डडेल्धुराका कार्यालय सचिव राम बिष्टले बिहीबारदेखि अनिश्चितकालका लागि पार्टी कार्यालयमै रिले अनसन थालिएको जानकारी दिए।वडाबाट सिफारिस गरिएका चार सय ६० जना क्रियाशिल सदस्यको नाम कटाएर केन्द्रबाटै अवैध रुपमा तीन सय १२ जना थपेर अवैधानिक हिसाबले वडा अधिवेशन गर्ने काम गरिएको छ। बिष्टले भने वडाबाट सिफारिस भएका क्रियाशिल सदस्य कायम गर्नूपर्ने र गत भदौ २५ गते गरिएको वडा अधिवेशन स्थगीत गरेर पुन गर्नूपर्ने माग हाम्रो हो ।

क्रियाशिल सदस्यता विवादकै कारण जिल्ला सभापति कर्णबहादुर मल्लले वडा अधिवेशन स्थगीत गरेका बेला सुरक्षाकर्मी परिचालन गर्दै देउवा पक्षले गत भदौ २५ मा वडा अधिवेशन गरेको थियो।देउवाले हस्तक्षेप गरेर अवैधानिक रुपमा गरेको अधिवेशन स्थगीत गरी नयाँ मिति तोक्नुपर्ने माग जिल्ला सभापति मल्ल पक्षको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img