राजनीतिप्रचण्डलाई ओली र देउवाको फोन

प्रचण्डलाई ओली र देउवाको फोन

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फोन गरेका छन् । बिहीबार दिउँसो प्रचण्डलाई देउवा र ओलीको बेग्ला बेग्लै समयमा फोन गरेको प्रचण्डको सचिवालयले जनाएको छ । 

‘केपी कमरेडले सिएमलाई दिउँसो फोन गर्नुभयो । एक आपसमा बधाई साटासाट भयो । केपी कमरेडले विगतमा जे जस्तो भएपनि अब समीक्षा गरेर मिलेर जान प्रस्ताव गर्नुभयो’ प्रचण्डको सचिवालय स्रोतले भन्यो– ‘सिएमले गठबन्धनको नतिजा सबै आइसकेको छैन । त्यसपछि मात्रै कुरा गरौंला भन्नुभयो । अरु केपी कमरेडले मिलेर जान राखेको प्रस्तावका विषयमा सिएमले कुनै जवाफ दिनुभएन ।’

यस्तै प्रधानमन्त्री देउवा र प्रचण्डवीच समेत बधाई साटासाट भएको प्रचण्डको सचिवालयले जनाएको छ । चुनावको सबै नतिजा आएपछि गठबन्धनलाई अझ बलियो बनाएर लग्ने विषयमा प्रचण्ड र देउवाबीच कुराकानी भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img