देशकोशी प्रदेशसुनसरी क्षेत्र १ मा प्रतिनिधी सभामा गोमा तामाङको अग्रता कायमै, अशोककुमार राईले...

सुनसरी क्षेत्र १ मा प्रतिनिधी सभामा गोमा तामाङको अग्रता कायमै, अशोककुमार राईले पछ्याउँदै

Advertisement spot_img

सुनसरी / सुनसरी निर्वाचन क्षेत्र नम्बर १ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले जनता समाजवादी पार्टी र नेकपा माओवादी पार्टीलाई पछि पार्दै अग्रस्थानमा रहेकी छन्

पछिल्लो मत परिणाम अनुसार गोमा तामाङले ५ हजार ४ सय ५४ मत पाइरहदा उनकी निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईले ४ हजार ७ सय ५९ मत प्राप्त गर्र दोस्रो स्थानमा छन् ।

गठबन्धनका माओवादी पार्टीका उम्मेदवार मुक्सामहाङ राईले ४ हजार ६०४ मत पाएका छन् भने एमालेबाट उम्मेदवार नपाएपछि स्वतन्त्र चुनाव चिन्ह (खरायो ) का उम्मेदवार अशोककुमार मेयाङ्बोले ४ हजार ८ सय ९३ मत प्राप्त गरेका छन् ।

सुनसरी क्षेत्र नं १ मा उठेका अशोककुमार राई र मुक्सामहाङ राई उम्मेद्वार राजनीतिक क्षेत्रका खेलाडी मानिन्छन । सुनसरी १ को मतगणना धरानस्थित सभागृहमा भइरहेको छ ।

प्रकाशित मिति :

सन्जिप तिम्सिना
सन्जिप तिम्सिना
सुनसरीका इन्फो नेपाल सहकर्मी सन्जिप तिम्सिना बिगत दुई बर्ष देखी इन्फो नेपालमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

Advertisement spot_img
Advertisement

संबन्धित समाचार

Advertisement
 

सिफारिस

यो साता चर्चामा



यो पनि पढौँ

संखुवासभा / संखुवासभा कारागारका कैदीलाई निर्माण ब्यावसायी संघले खसी उपहार दिएका छन् ।१६ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा चियापान कार्यक्रमको आयोजना गरि नेपाल निर्माण...
मकवानपुर: मकवानपुरको थाहा नगरपालिका ९ चित्लाङ स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुदा एकको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङ तर्फ जादै गरेको बा.४ख...
धरान: स्थानीय सरकार धरानका नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले २० वर्ष देखि एयरपोर्ट बन्ने आसमा बसेका धरान-१७ निवासीहरूको घरघरमा टोल टोलमै पुग्ने बताएका...