निर्वाचनहालसम्म कुन दलले कति जिते ?

हालसम्म कुन दलले कति जिते ?

काठमाडौं, १६५ प्रतिनिधि सभा सदस्य मध्ये हालसम्म (बिहीबार साँझ ६ बजे) सम्म ८७ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। 

जसअनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी ३२ स्थानमा जित निकालेको छ। यस्तै कांग्रेसले थप २१ स्थानमा अग्रता लिएको छ।

दोस्रोमा रहेको नेकपा एमालेले २० स्थानमा जित हात पार्दा २७ स्थानमा अग्रता लिएको छ।  सत्तारूढ दल माओवादी केन्द्रले ९ स्थानमा जित निकाल्दा ८ स्थानमा अग्रता बनाएको छ। 

यस्तै नेकपा एकीकृत समाजवादीले ७ स्थानमा जित निकाल्दा ३ स्थानमा अग्रता बनाएको छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित निकाल्दा अझै २ स्थानमा अग्रता बनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ स्थानमा जित निकाल्दा २ स्थानमा अग्रता बनाइरहेको छ।

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले २-२ स्थानमा जित निकालेको छ।

यस्तै नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्रले १-१ सिटमा विजयी हासिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img