काठमाडौं । नेकपा (एमाले)ले समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित हुने सांसदको नामावली टुंगो लगाएको छ । शनिबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकबाट उनीहरूको नामावली टुंगो लगाएको हो ।
यही मंसिर ४ गते भएको निर्वाचनबाट एमाले प्रतिनिधिसभामा दोसो दल बनेको छ । एमालेले समानुपातिकबाट प्रतिनिधिसभातर्फ ३४ र प्रदेशमा ७० गरी कुल १०४ सिट जितेको छ ।
नामावली पढ्नोस्–
- आदिवासी जनजाति पुरुष
देवीप्रसाद भट्टचन,
हेमराज राई,
कालुराम राई - आदिवासी जनजाति महिला
नैनकला थापामगर,
सूर्यकुमारी श्रेष्ठ,
उर्मिला थेवे,
ईश्वरी घर्ती,
रणकुमारी बलम्पाकीमगर,
शान्ति श्रेष्ठ,
सरस्वती सुब्बा - खसआर्य पुरुष
रघुजी पन्त,
एकनाथ ढकाल,
दयालबहादुर शाही - खसआर्य महिला
मेनुकाकुमारी पोखरेल,
सरिता भुसाल,
शोभा ज्ञवाली,
विजुला रायमाझी,
निर्मला कोइराला,
सम्झना थपलिया,
दीपा शर्मा,
सुनिता बराल - थारु महिला
आस्माकुमारी चौधरी’
शान्ति चौधरी - दलित
ईश्वरबहादुर रिजाल ,
प्रभु हजारा पासवान,
चन्द्रबहादुर विश्वकर्मा,
रुकमणि राना बराली,
हर्कमाया विश्वकर्मा - मधेसी
गंगाप्रसाद यादव,
अमृतलाल राजवंशी,
विनादेवी,
अमृतादेव अग्रहरी,
प्रतीक्षा तिवारी - मुस्लिम
सराज अहमद फारुकी
पार्टीले टुंगो लगाएको नामावली पेस गरेपछि निर्वाचन आयोगले रुजु गरी ठिक भएमा निर्वाचित भएको घोषणा गर्नेछ । आयोगले दलहरूले बुझाएको समानुपातिक बन्दसूचीबाट निर्वाचित हुने सांसदको नामावली क्लस्टर मिलाएर शनिबार अपराह्नसम्म बुझाउन समयसीमा तोकेको थियो ।