Friday, December 6, 2024
राजनीतिरेशमलाई माफी दिन ढिला नगरौं : बाबुराम भट्टराई

रेशमलाई माफी दिन ढिला नगरौं : बाबुराम भट्टराई

काठमाडौं: नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले रेशम चौधरीलाई माफी दिन ढिला गर्न नहुने बताएका छन् । शनिबार बिहानै सामाजिक सञ्जालमार्फत डा. भट्टराईले रेशमलाई माफी दिन ढिला गर्न नहुने बताएका हुन् ।

त्यस्तै उनले नागरिकता विधेयक जारी गर्न ढिला गर्न नहुने समेत बताएका छन् । साथै उनले हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी गर्न किन्तुपरन्तु गर्न नहुने बताएका हुन् ।

‘रेशम चौधरी लगायतका टीकापुर थारू विद्रोहका नेताहरूलाई संविधानः कानून बमोजिम राष्ट्रपतिबाट माफीमिनाहा दिन र हजारौंको संख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन संसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी गर्न अब कुनै किन्तुपरन्तु नगरौं।लोकतन्त्र भनेको प्रक्रिया संगसंगै मुख्यतःजनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभूलौं,’ उनले भनेका छन् ।

चौधरीलाई सरकारले गणतन्त्र दिवसको अवसर पारे जेठ १५ गते रिहाइ गर्ने तयारी अघि बढाएको छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img