राजनीतिमाडीको विकासका लागि अरूलाई भन्दा मलाई बढी चिन्ता र चासो छ :...

माडीको विकासका लागि अरूलाई भन्दा मलाई बढी चिन्ता र चासो छ : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी ( माहोवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र रहेको माडीको विकासका लागि अरूलाई भन्दा आफुलाई बढी चिन्ता र चासो रहेको बताएका छन् ।

जिल्ला प्रशासन कार्यलय चितवन र माडी नगरपालिकाले हिजो माडीको बाँदरझुलामा आयोजना गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनलेे माडी बनाउनका लागि नभएर प्रोपोगाण्डका लागि बनाउनका लागि नभएर राम मन्दिरको कुरा उठाइएको बताउनु भएको छ ।

माडीमा प्रोपोगाण्डका लागि राम मन्दिर निर्माणको घोषणा गरिएको उहाँ भनाइ रहेको छ । उनले भने “ एेतिहासिक तथ्य र अन्वेषण गरेर मात्र राम मन्दिर निर्माण गर्ने पक्षमा म छु ।´´

फरक प्रसङ्गमा उनले सुकुम्बासी समस्या छिट्टै समाधान हुने बताउनु भएको छ । उनले सुकुम्बासीको समस्या समाधान गर्ने तर्फ सरकार लागेको बताउनु भएको छ ।
माडीको बाँदरझुला सुकुम्बासी बस्ती हो ।

प्रचण्डले भनेका छन् “ मैले भुमिसुधार मन्त्री र राष्ट्रिय भुमि आयोगका पदाधिकारीलाई भनिसकेको छु , ठोक कार्य योजना बनाएर लालपुर्जा वितरण गर्नुहोस् ।´´ भनी उनले आफुले निर्वाचनको समयमा गरेको वाचा पूरा गर्दै अगाडि बढेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img