कात्तिक १२, फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरेको छ। उसले यसअघिको ‘प्योरेन्ट’ कम्पनीलाई परिवर्तन गरेर ‘मेटा’ बनाएको छ।
कम्पनीको नाम परिवर्तन भएपनि सामाजिक संजालमा भने नाम परिवर्तन नहुने फेसबुकका प्रमुख कार्यकारी अधिकृत(सीईओ)मार्क जुकरबर्गले बताएउनु भएको छ।उनले बिहीबार कम्पनीको नाम ‘मेटा’ रहने घोष्णा गरिसकेका छन् । सीइओ मार्कजुबर्गले आगामी भविष्यको उत्कृष्ट कार्यका लागि कम्पनीको नाम परिवर्तन गरेको प्रतिकृया दिएका छन् ।
आगामी दिनमा सामाजिक संजाल भन्दा बाहिरका क्षेत्रमा काम विस्तार गर्ने योजनामा रहेको उनले सुनाएका थिए । नयाँ नाम मेटाले अन्य कामहरु पनि गर्ने भन्दै युरोपमा १० हजार कर्मचारी नियुक्त गर्ने घोषणा उनले गरिसकेका छन् ।
उनले नयाँ कम्पनी मेटाभर्सलाई ‘इन्टरनेटको भविष्य’ भनेर चर्चा गरेका छन् । अन्य कतिपयले यसलाई भर्चुअल रियालिटीकै परिष्कृत रूप पनि भनेर उल्लेख गरेका छन् ।जसरी सन् १९८० को दशकमा ठूला–ठूला मोबाइल सेटलाई अहिले स्मार्टफोनले विस्थापित गर्यो, त्यसरी नै भर्चुअल रियालिटीलाई ‘मेटाभर्स’ले विस्थापित गर्ने उनको योजना रहेको भनेर चर्चा विश्व बजारमा हुँन थालेको छ ।



