Thursday, December 5, 2024
राजनीतिइटहरी उपमहानगरपालीकाको नगरसभा बिना कारण बैठक स्थगीत

इटहरी उपमहानगरपालीकाको नगरसभा बिना कारण बैठक स्थगीत

इटहरी / इटहरी उपमहानगरपालीकाको १४ औँ नगरसभा बैठक बोलाएर बिना कारण बैठक स्थगीत भएको छ ।

इटहरी नगरसभामा प्रतिनीधीत्व गर्ने नेकपा एमालेका नगरसभा सदस्यले नाराबाजी सहित बिरोध गरेका छन् । आज इटहरी ५ मा रहेको लायन्स क्लवको सभा हलमा दिउँसो १ बजेका लागी आह्वान गरिएको १४ औँ नगर सभा अन्तीम समयमा आएर स्थगीत गरीएको भन्दै नेकपा एमालेबाट निर्वाचीत नगर सभा सदस्यले नाराबाजी सहित बिरोध जनाएका हुन ।

बिगत लामो समय देखी इटहरी नगर कार्यपालीका बैठकमा विवादीत बन्दै आएको कर समायोजनको बिषय १३६ औं कार्यपालिका बैठकबाट कर समायोजन गर्ने निर्णय भए बमोजीम आजको नगरसभाले त्यसलाइ अनुमोदन गर्ने कार्यसुची रहेको थीयो । तर नगरसभा बैठक बस्ने अन्तीम समयमा स्पष्ट कारण नखुलाइ नगरसभा बैठक स्थगीत गराएको भन्दै एमालेका जनप्रतिनिधीले आपत्ती जनाएका हुन ।

कार्यपालिका सदस्य तथा इटहरी ३ वडाध्यक्ष उमेश सुवेदीको नेतृत्वमा बनेको कर समायोजन समितिले दिएको प्रतिवेदन अनुसार करको दर समायोजन गर्ने निर्णय गरिएको थियो । नगरसभा बिना कारण स्थगित भएको इटहरी उपमहानगरपालीकाका उपप्रमुख संगिता कुमारी चौधरीले बताइन् ।

उपमहानगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘ गाउँ सभा, नगर सभा सञ्चालन कार्यविधि ऐन,२०७५ को दफा ६१ को उपदफा ४ बमोजिम अर्को सूचना वा जारी नभएसम्मका लागि स्थागित गरिएको व्यहोरा आदेशानुसार अनुरोध छ । ’

विज्ञप्तिमा कर समायोजन तथा पुनरावलोकन गर्नका लागि विगत ६ महिनादेखि गरिएको सबैको सामूहिक प्रयासलाई सफल बनाउने आजको महत्त्वपूर्ण नगर सभा बैठक अन्तिम क्षणमा स्थगित हुनु नियोजित र दुभाग्यपूर्ण भएको एमालेको विज्ञप्तिमा उल्लेख छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img