Thursday, December 5, 2024
विज्ञान/प्रविधिफेसबुक ह्याक हुन नदिन अहिले नै अपनाउनुहोस् यी तरिका ..

फेसबुक ह्याक हुन नदिन अहिले नै अपनाउनुहोस् यी तरिका ..

काठमाडौं : पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक हुने घटना बढिरहेका छन् । नेपाल प्रहरीकाे साइबर ब्यूरोमा आउने अधिकांश फेसबुक सम्बन्धी उजुरीमध्ये ६० प्रतिशत फेसबुक ह्याकसम्बन्धी हुन्छन् । सामान्यत, सामाजिक सञ्जाल प्रयोगकर्ताकै कमजोरीले गर्दा अकाउन्ट ह्याक हुने सुरक्षा जानकार बताउँछन् । फेसबुक अकाउन्टमा बलियाे पासवर्ड नराख्नु, टु फ्याक्टर अथेन्टिकेसन अन नगर्नु, अनावश्यक लिङ्क क्लिक गर्नु नै अकाउन्ट ह्याक हुनुका प्रमुख कारण हुन् ।

आज हामी ह्याक हुन नदिन आफ्नो फेसबुक अकाउन्ट कसरी बलियो पार्ने भन्ने विषयमा जानकारी दिँदैछौं । ​तपाईंको अकाउन्ट कत्तिको सुरक्षित छ भनेर फेसबुकले वर्षौंदेखि प्राइभेसी चेकअपको फिचर उपलब्ध गराएको छ । यसको सहायताले तपाईं क्षणभरमै फेसबुक अकाउन्ट सुरक्षित बनाउन सक्नुहुन्छ ।

फेसबुक ह्याक हुन नदिन यी तरिका अपनाउनुहोस्:

  • सबैभन्दा पहिले माेबाइलमा फेसबुक एप खोल्नुहोस् ।
  • त्यसपछि माथि दायाँपट्टि भएको प्रोफाइल पिक्चरसँगैको तीन ओटा लाइनमा थिच्नुहोस् ।
  • अनि, स्क्रोल गर्दै तल गएर सेटिङ एन्ड प्राइभेसी (Setting & Privacy) को अप्सन छान्नुहोस् ।
  • त्यसपछि प्राइभेसी शर्टकट्स (Privacy Shortcuts) को अप्सनमा जानुहोस् ।

उक्त प्राइभेरी शर्टकटको अप्सनभित्र अकाउन्ट सुरक्षित राख्न आवश्यक सबै सेटिङहरू समावेश गरिएको हुन्छ । तर, तपाईंले आफ्नो अकाउन्टमा के कुराहरू परिवर्तन गर्न सकिन्छ, जसले गर्दा अकाउन्ट सुरक्षित हुन्छ भन्ने थाहा पाउन सक्नुहुन्छ । त्यसका लागि ‘टेक अ प्राइभेसी चेकअप’ (Take a Privacy Checkup) को अप्सनमा जानुहोस् ।

तपाईंको अकाउन्ट कसरी सुरक्षित राख्ने ? (How to keep your account secure?)

प्राइभेसी चेकअपमा हुने अर्को सेक्सन हो ‘हाउ टु किप योर अकाउन्ट सेक्युअर’ । यो यस्तो अप्सन हो, जहाँ तपाईंको अकाउन्टको पासवर्ड कस्तो छ, टु फ्याक्टर अथेन्टिकेसन अन छ वा छैन, लगइन अलर्ट के छ भन्ने कुरा हेर्न सक्नुहुन्छ । यी कुराहरू जाँच गर्न तल रहेको ‘रिभ्यु’ (Review) को बटनमा ट्याप गर्नुहोस् ।

  • यदि तपाईंको पासवर्ड परिवर्तन गर्नुपर्ने छ भने ‘चेन्ज पासवर्ड’ (Change Password) को बटनमा ट्याप गर्नुहोस् । यदि पर्दैन भने अन्तिममा दायाँपट्टि रहेको स्किप (Skip) अप्सनमा ट्याप गर्नुहोस् ।
  • यति भइसकेपछि तपाईंको टु फ्याक्टर अथेन्टिकेसन (Two-factor authentication) अन छ वा छैन भन्ने देखिन्छ । यदि अन छैन भने मेनेज (Manage) को अप्सनभित्र गएर आफूलाई उपयुक्त हुने टु फ्याक्टर अथेन्टिकेनका अप्सन अन गर्नुहोस् ।
  • त्यसपछि पुनः ब्याक गएर अन्तिममा दायाँपट्टि रहेको ‘नेक्स्ट’को अप्सनमा ट्याप गर्नुहोस् ।
  • यसपछि खुल्ने पेजमा फेसबुक लगइन अलर्टको सेटिङ दिइएको हुन्छ । अन्त कतै कसैले लगइन गर्दा तपाईंको डिभाइसमा नोटिफिकेसन आओस् भन्ने चाहनुहुन्छ भने उक्त अप्सन अन गर्नुहोस् । र, पुनः नेक्स्टको बटनमा ट्याप गर्नुहोस् ।
  • -यति भएपछि दोस्रो अप्सनको पनि प्राइभेसी जाँच सकिन्छ । त्यसपछि ‘रिभ्यु एनोदर टपिक’को अप्सनमा ट्याप गर्नुहोस् ।

तपाईंलाई अरू प्रयोगकर्ताले फेसबुकमा कसरी फेला पार्न सक्छन् ? (How people can find you on facebook)

तपाईं आफ्नो अकाउन्ट र आफूले राखेका पोस्ट गोप्य रहन् वा सीमित मान्छेले मात्र देखुन् भन्ने चाहनु भयो भने यो सेटिङ तपाईंका लागि महत्त्वपूर्ण हुन्छ । सामान्यतः अकाउन्ट खोलेपछि हाम्रो अकाउन्ट पब्लिक हुन्छ । हाम्रो नाम, हामीले राखेका अन्य जानकारी वा पोस्ट जोसुकैले पनि हेर्न पाउँछन् । यस्ता कुरा व्यवस्थित गर्न तलका प्रक्रियाहरू अपनाउनुहोस् ।

  • सबैभन्दा पहिले प्राइभेसी चेकअपमा रहेको ‘हाउ पिपुल क्यान फाइन्ड यु अन फेसबुक’ अप्सनमा जानुहोस् ।
  • त्यहाँ फ्रेन्ड रिक्वेस्ट, फोन नम्बर र ईमेल एड्रेश र सर्च इन्जिन जस्ता अप्सन उल्लेख छन् । यी तीनै कुरा हुन् जसको सहयताले मान्छेले तपाईंलाई फेसबुकमा फेला पार्न सक्छन् ।
  • यति गरेपछि अन्तिममा रहेको ‘कन्टिन्यु’ अप्सनमा ट्याप गर्नुहोस् ।
  • सबैभन्दा माथिको सेक्सनमा तपाईंलाई कसले फ्रेन्ड रिक्वेस्ट पठाउन पाउने भन्ने अप्सन राखिएको छ । उक्त अप्सनबाट आफूलाई कसले फ्रेन्ड रिक्वेस्ट पठाउन पाउने भन्ने अप्सन छान्नुहोस् ।
  • त्यसपछि तलपट्टि हरेको ‘नेक्स्ट’ बटनमा थिच्नुहोस् । अनि फोन नम्बर र ईमेल एन्ड्रेस कसले देखिरहेका छन् भन्ने देखिन्छ । डिफल्ट रूपमा हाम्रो फोन नम्बर र ईमेल एड्रेस पब्लिक हुन्छ । यस्ता सूचना ‘वन्ली मि’मा राख्नुहोस् ।
  • यति गरेपछि पुनः ‘नेक्स्ट’ बटनमा थिच्नुहोस् ।
  • त्यसपछि फेसबुक बाहिर पनि (जस्तै गुगलमा) तपाईंको नाम सर्च गरियो भने तपाईंको फेसबुक प्रोफाइल देखाउने वा नदेखाउने भन्ने सोधिएको हुन्छ । उक्त अप्सन डिफल्ट रूपमा अन हुन्छ । त्यसैले आफ्नो प्राइभेसीका लागि अप्सन अफ गर्न सक्नुहुन्छ । यति भइसकेपछि फेरि पनि ‘नेक्स्ट’ बटनमा थिच्नुहोस् ।
  • र, अन्तिममा ‘रिभ्यु एनोदर टपिक’को अप्सनमा जानुहोस् ।

यसरी तपाईं प्राइभेसी चेकअपको सहायताले आफ्नो अकाउन्ट सुरक्षित बनाउन सक्नुहुन्छ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img