Wednesday, February 12, 2025
राजनीतिरास्वपा सभापति जोडिएको सहकारीको अनुसन्धान फाइल सीआईबीले झिकायो

रास्वपा सभापति जोडिएको सहकारीको अनुसन्धान फाइल सीआईबीले झिकायो

काठमाडौँ- ग्यालेक्सी टेलिभिजनका सञ्चालक गितेन्द्रबाबु (जीबी) राई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका व्यक्तिहरू मुछिएको सहकारी घोटालासम्बन्धी अनुसन्धान फाइल सीआईबीले काठमाडौँमा झिकाएको छ ।

पोखराको सूर्यदर्शन सहकारीबाट १ अर्ब ३५ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरेको थियो । सूर्यदर्शन सहकारीको मुद्दा अदालतमा विचाराधीन छ । लामिछानेले पनि सूर्यदर्शनबाट बिना धितो ऋण लिएर रकम हिनामिना गरेको आरोप छ ।

बुटवलको सुप्रिम बचत, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था र वीरगञ्जको सानो पाइलाबारे स्थानीय प्रहरीले गरेको अनुसन्धान फाइल सीआईबीले काठमाडौँ मगाएर थप अनुसन्धान सुरु गरेको छ ।

लामिछाने र राईले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कको खातामा ल्याएर हिनामिना गरेको आरोप छ । काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी घोटालामा पनि जीबी र रवि जोडिएका छन् ।

यसअघि राई र लामिछानेविरुद्ध सहकारी विभागमा पनि उजुरी दर्ता भएको थियो । सहकारी ठगी प्रकरणमा दुवै मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको माग गरिएको थियो ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस