Tuesday, December 3, 2024
फिचरराष्ट्रिय सभामा बागमतीबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित

राष्ट्रिय सभामा बागमतीबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित

मकवानपुर: राष्ट्रिय सभाका लागि मकवानपुरमा भएको ४ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । अन्तिम मतगणना अनुसार कांग्रेसका २, माओवादी केन्द्रका १ र एकीकृत समाजवादीका १ जना उम्मेदवार विजयी भएका हुन्। कांग्रेसकी विष्णुकुमारी पुडासैनी र जितजंग बस्नेत, माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल विजयी भएका छन ।

नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा दलिततर्फ विजयी भएका हुन् । बिहीबार भएको निर्वाचनमा रिजाल ६५१२ मतभारसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धु्रवराज विकले ३०५२ मत प्राप्त गरेका छन् । महिला कोटातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी भएकी छन् । बिहीबार भएको निर्वाचनमा पुडासैनी ६६२२ मतभारसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेकी रोचकुमारी चौलागाईंले २५५२ मत ल्याएकी छन् ।

त्यस्तै, अपांगता कोटाबाट सत्ता गठबन्धनका श्रीकृष्ण अधिकारी विजयी भएका छन् । अधिकारी ६४३६ मतभारसहित विजयी भएका हुन् । अधिकारीका निकटतम प्रतिद्वन्द्वी एमाले विवेक देवकोटाले २७३४ मत ल्याएका छन् । अन्यतर्फ भने कांग्रेसका जितजंग बस्नेत विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा बस्नेत ६५३१ मतभारसहित विजयी भएका हुन् । उनका निकटतम प्रतद्वन्द्वी एमालेका त्रिलोचन निर्मल पौडेलले २५५९ मत ल्याएका छन् ।

निर्वाचनमा प्रदेशभरका ३ सय ४७ मतदातामध्ये ३ सय ४२ जनाले मतदान गरेका छन् । स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ३७ जनामध्ये २ सय ३४ जना र प्रदेश सभाका सदस्यहरु १ सय १० जनामध्ये १ सय ८ जनाले मतदान गरेका हुन् । निर्वाचनमा स्थानीय तहका तीन जना प्रदेश सभा सदस्य दुई जना अनुपस्थित भएका छन् । बस्थानीयतर्फ ९८.७३ प्रतिशत र प्रदेशतर्फ ९८.१८ प्रतिशत मत खसेको थियो ।

राष्ट्रिय सभा सदस्यका लागि बागमतीबाट ४ सिटमा ६ दलका १५ जनाको उम्मेदवारी परेको थियो ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img