Friday, June 13, 2025
राजनीतिमन्त्री चौधरीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल 'युएन वुमन' सम्मेलनमा सहभागी हुँदै

मन्त्री चौधरीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल ‘युएन वुमन’ सम्मेलनमा सहभागी हुँदै

spot_img

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा न्युयोर्कमा आयोजित हुन लागेको ‘युएन वुमन’को ६८औं अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली प्रतिनिधिमण्डल सहभागी हुने भएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको नेतृत्वमा ७ सदस्यीय प्रतिनिधिमण्डल मार्च ११ देखि २२ सम्म न्युयोर्कमा आयोजना हुने सम्मेलनमा सहभागी हुनेछ। उक्त प्रतिनिधिमण्डलमा सचिव सुमनराज अर्याल र दुईजना सहसचिव समेत रहनुहुनेछ।

-Ads-

यस्तै, सम्मेलनमा राष्ट्रिय महिला आयोगका ३ पदाधिकारी र २ कर्मचारी, राष्ट्रिय योजना आयोगबाट महिला विषय हेर्ने सदस्य, समाज कल्याण परिषद्का २ प्रतिनिधि र अन्य महिला अधिकारकर्मीहरुको पनि सहभागिता रहनेछ।

अघिल्लो सरकारले गरेको यस सम्मेलनमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णयलाई नयाँ सरकारले निरन्तरता दिएको मन्त्रालयको सचिवालयले बताएको छ। त्यस्तै, मन्त्रालय आफैँले प्रतिनिधिमण्डलको खर्च व्यहोर्ने र अन्य प्रतिनिधिहरुले आफ्नै खर्चमा सहभागी हुने पनि जनाइएको छ।

उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वभर महिलाहरुको अवस्थाबारे छलफल हुने अपेक्षा गरिएको छ भने महिला अधिकारको संरक्षण र सशक्तिकरणसम्बन्धी महत्वपूर्ण निष्कर्ष पनि निकाल्ने विश्वास लिइएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img