Tuesday, December 3, 2024
राजनीति'नयाँ समीकरणको पछाडि रहस्य छ'

‘नयाँ समीकरणको पछाडि रहस्य छ’

काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले र नेपाली कांग्रेसबीच बन्न लागेको नयाँ गठबन्धनलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेका छन्। शुक्रबार सिंहदरबारमा सरकारलाई समर्थन गर्ने दलका शीर्ष नेताहरूसँगको बैठकमा उनले यो नयाँ समीकरण रहस्यमय र आश्चर्यजनक भएको बताए।

प्रचण्डले यो नयाँ गठबन्धन पछाडि गहिरो रहस्य लुकेको आशंका व्यक्त गरे।  प्रधानमन्त्री प्रचण्डको भनाइ उद्रद्धृत गर्दै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने, “यो परिवर्तन संसदीय प्रणालीमा सामान्य होइन। यसको पछाडि ०६२-०६३ को जनआन्दोलनका उपलब्धिहरूलाई कमजोर पार्ने उद्देश्य हुन सक्छ।”

प्रधानमन्त्रीले संविधान संशोधनको मुद्दालाई पनि उठाए। उनले यो संशोधन अग्रगामी वा पश्चगामी कुन दिशातर्फ जाने हो, त्यसको निर्क्योल गर्नुपर्ने बताए। प्रचण्डले थपे, “हामी पश्चगमनविरुद्ध दृढतापूर्वक बोल्ने मात्र होइन, आवश्यक परे सडकमा पनि उत्रन्छौं।”

यसैबीच, प्रधानमन्त्री प्रचण्डले आगामी असार २८ गते विश्वासको मत लिने योजना रहेको जानकारी दिए। एकीकृत समाजवादीका नेता झलनाथ खनालले यस सन्दर्भमा भने, “हामी प्रचण्डको नेतृत्वको सरकारमा सहभागी छौं र उहाँलाई विश्वासको मत दिन्छौं। उहाँको सरकार ढले हामी पनि सँगै ढल्छौं।”

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement
spot_img
spot_img

सिफारिस

spot_img
spot_img