समाजजलविद्युत् आयोजनाको स्ल्याब भत्किँदा पुरिएका १० कामदारको उद्धार, दुईको अवस्था अज्ञात
spot_img

जलविद्युत् आयोजनाको स्ल्याब भत्किँदा पुरिएका १० कामदारको उद्धार, दुईको अवस्था अज्ञात

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनामा दुर्घटना भएको छ। आयोजनाको डी–सेन्डर कभर स्ल्याबको माथिल्लो संरचना भत्किँदा दुई कामदार बेपत्ता भएका छन् भने दश जनाको सकुशल उद्धार गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तातोपानीका अनुसार, स्ल्याब भत्किएर पुरिएका दश कामदारलाई सफलतापूर्वक उद्धार गरिएको छ। उद्धार कार्यमा सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको संयुक्त टोली खटिएको थियो।

सशस्त्र प्रहरीका डीएसपी एवं सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार, उद्धार गरिएका मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते कामदारलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ भने अन्य सामान्य घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

दुर्घटनामा बेपत्ता भएका दुई कामदारको खोजी कार्य जारी रहेको सहप्रवक्ता थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img