काठमाडौं | शनिवार देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । देशभर हल्का देखि मध्यम वर्षाको वर्षा र केही स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।
सबै प्रदेशका धेरै स्थानहरूका मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती , गण्डकी , लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको एक-दुई स्थानमा धेरै भारी देखि अति भारी वर्षाको पनि सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।
त्यस्तै, शनिवार राती पनि मौसम उसतई रहने छ । कोशी र मधेश प्रदेशका केही तथा बाँकी प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।