Wednesday, May 14, 2025
राजनीतिसंसद् बैठक सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै
spot_img

संसद् बैठक सुरु, प्रधानमन्त्रीले विश्वासको मत लिँदै

spot_img

काठमाडौं | आज प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ। यो उनको १८ महिनाको कार्यकालमा पाँचौं पटकको विश्वासको मत परीक्षण हो। तर यस पटक उनको सरकारले बहुमत प्राप्त गर्ने सम्भावना न्यून देखिएको छ।

गत जेठमा प्रचण्डले १५७ सांसदको समर्थन पाएका थिए। तर एमालेका ७९ सांसदले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको छ। नेकपा एमाले, नागरिक उन्मुक्ति र जनता समाजवादी पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन्।

यसैबीच, संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेले नयाँ सत्ता समीकरणका लागि सहमति गरेका छन्। दुवै दलले आलोपालो सरकारको नेतृत्व गर्ने गरी सहमति गरेका छन्।

प्रचण्डले विश्वासको मत नपाएमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्ने मार्ग खुल्ने देखिन्छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img

spot_img