काठमाडौं | राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार नै नयाँ सरकार गठन गर्न आह्वान गरेका छन्। यो निर्णयले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ।
यसअघि केही राजनीतिक विश्लेषकहरूले धारा ७६(३) अनुसार सरकार गठन हुनुपर्ने दाबी गरेका थिए, जसले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई फाइदा पुग्ने देखिन्थ्यो।
तर, नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूले पहिले नै नयाँ सरकार गठनका लागि हस्ताक्षर गरिसकेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आव्हान गर्नासाथ सरकारको दाबि पेश गर्न नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरुले नयाँ सरकारका लागि हस्ताक्षर हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले आ-आफ्नो पार्टीको तर्फबाट सरकारमा दाबि पेश गर्ने निवेदनमा हस्ताक्षर गरेका छन् ।
राष्ट्रपतिले आइतबार साँझ ५ बजेसम्म नयाँ सरकार गठनका लागि समय दिएका छन्। दुवै दलका नेताहरू यही समयसीमा भित्र शीतल निवास पुग्ने र आफ्नो दाबी पेश गर्ने तयारीमा छन्।