Tuesday, March 18, 2025
राजनीतिनेकपा एमालेको महाधिवेशन पर्यटन प्रचारको अवसर

नेकपा एमालेको महाधिवेशन पर्यटन प्रचारको अवसर

काठमाडौं : नेकपा एमालेले चितवनमा गर्न लागेको १० औं राष्ट्रिय महाधिवेशनले राजनीति क्षेत्र मात्रै नभएर आर्थिक क्षेत्र पनि तरंगित भएको छ । महाधिवेशनका लागि एमालेले तयार गरेको प्रचारको सामग्रीमा एकसिंगे गैँडा कम्युनिस्ट पार्टीको झन्डा बोकेर उभिएको चित्र रहेको छ ।

यसले गैरराजनीतिक व्यक्तिको पनि ध्यान तानेको छ । सरकारी सेवाबाट अवकाश पाएका संरक्षणकर्मी रामप्रित यादव चितवन राष्ट्रिय निकुञ्जमा प्रमुख संरक्षण अधिकूत भएका थिय ।यसअघि राजनीतिक दलले आफ्नो महत्त्वपूर्ण कार्यक्रमको प्रचार सामग्रीमा गैँडाको प्रयोग गरेको हेक्का उनलाई छैन । गैँडा वा राईनो भनेर अनेकले फोटो,नाम र चित्र प्रयोग गरेको देखिन्छ, त्यसरी प्रयोग गर्दा गैँडाको महत्त्व बढ्छ कि बढ्दैन र संरक्षणमा राम्रो प्रभाव पर्छ कि पर्दैन , त्यो महत्त्वपूर्ण हो उहाँले भनेका छन् ।

देशको ठुलो पार्टीले सकारात्मक सोच राखेर प्रचारको सामग्रीमा गैँडा राखेको हो भने त्यो राम्रै हुने उहाले बताएका छन् । लोप हुने अवस्थामा पुगेको गैँडा चितवनको पहिचान हो । गैँडासगै चितवनको पनि प्रचार भएको छ । यसैबाट गैँडाकै महत्त्व कतिले बुझालान् या नबुझाउन् , तर पोस्टरमा देखेपछि त चासो राख्लान् पनि ।

कम्तिमा पनि गैँडा पाइने मुख्य जिल्ला चितवन हो भनेर देशका धेरैलाई चिनाउने भएको छ । गैँडा धेरै पाईने भएका कारण चितवनमा पर्यटन फस्टाएको छ । बर्सेनि देश- विदेशका लाखौं पर्यटन चितवन निकुञ्जमा रहेको दुर्लभ वन्यजन्तु एकसिंगे गैँडा हेर्न आँउछन् भन्ने उहाँको कुरा रहेको छ । पूरा समाचार कान्तिपुरमा छापिएको छ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन

गाजर बेचेरै मासिक लाखौँ आम्दानी

spot_img