Sunday, April 27, 2025
राजनीतियहीँ मंसिर १५ गते देखि नेकपा एस कमल लिएर घर-घर जाने :...
spot_img

यहीँ मंसिर १५ गते देखि नेकपा एस कमल लिएर घर-घर जाने : माधव नेपाल

काठमाडौं : आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यहीँ मंसिर १५ गतेदेखि पार्टीको चुनाव चिन्ह कमल लिएर आर्थिक संकलन गर्दै जनताको घरघरमा पुग्ने अभियान संचालन गर्ने घोषणा गरेका छन् ।

आज बुधबार जनकपुरमा स्थानीय सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यो घोषणा गरेका छन् । उनले आफ्नो पार्टीले समाजवादको दिशामा अघि बढ्नका लागि समानता, न्याय , विकास र समृद्विको विषयलाई केन्द्रविन्दु राखेर अघि बढिरहेको बताएका छन् ।

अध्यक्ष मावध नेपालले भने समाजवादको दिशामा अघि बढ्नका लागि समानताको , न्यायको विकासको र समृद्विको यी चार वटा विषयलाई केन्द्र विन्दुमा राखेर अगाडि बढिरहेको हुनाले भविष्य यो पार्टीको छ ।

मैले भन्ने गरेको छु अब सुर्यको धाक नदेखाए हुन्छ । त्यसमा ग्रहण लागि सकेको छ भनेका छन् माधव नेपालले । अब कलम चम्किरहेको छ । सत्य र न्यायको सन्देश दिईरहेको छ ।
अब मंसिर १५ गतेदेखि स्टिकर वितरण गर्दै घरघरमा हामी जनताको माझमा पुग्ने अभियान संचालन गर्न गईरहेका छौं ।

यो पार्टीप्रतिको आकर्षण बढिरहेको कुरा सबैले महशुस गरेरहेका छन् । भविष्य छ भने एकीकृत समाजवादी पार्टीको छ । अध्यक्ष माधव नेपालले प्रदेश-२ को नामकरण जनकपुर र राजधानी पनि जनकपुरनै राख्न उपयुक्त हुने धारणा राखेका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img