देशबागमती प्रदेशबागमतीका मुख्यमन्त्रीमा बानियाँ, सात मन्त्रीसहित शपथ

बागमतीका मुख्यमन्त्रीमा बानियाँ, सात मन्त्रीसहित शपथ

हेटौँडा | बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले हेटौँडास्थित प्रदेश प्रमुख कार्यालयमा आयोजित समारोहमा उनलाई शपथ गराएका हुन्।

संविधानको धारा १६८(२) अनुसार मुख्यमन्त्री बनेका बानियाँ प्रदेशका छैटौँ मुख्यमन्त्री हुन्। उनी नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा सरकार गठन गरेका हुन्।

शपथसँगै कांग्रेसका शिवराज अधिकारी र कृष्णकुमार तामाङ पनि मन्त्री बनेका छन्। अधिकारीलाई मन्त्रालय तोकिएको छैन भने तामाङलाई खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै एमालेका तर्फबाट मधुसूदन पौडेल (कृषि तथा पशुपन्छी विकास), जयराम थापा (श्रम, रोजगार तथा यातायात), बिन्दु श्रेष्ठ (उद्योग), दिनेशचन्द्र देवकोटा (भौतिक पूर्वाधार विकास), किरण थापा (स्वास्थ्य) र भरत केसी (वन) मन्त्री बनेका छन्।

बागमतीमा १४ मन्त्रालय रहेको छ। गठबन्धन अनुसार एमालेले ६ र कांग्रेसले मुख्यमन्त्रीसहित ७ मन्त्रालय पाउने सहमति छ। तर, आन्तरिक विवादका कारण कांग्रेसले बाँकी पाँच मन्त्रालयमा हाल मन्त्री नियुक्त गरेको छैन। केही दिनमै मन्त्री थपिने बताइएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img