देशबागमती प्रदेशबागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

हेटौँडा | बागमती प्रदेशका पाँच नवनियुक्त मन्त्रीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली कांग्रेसबाट पाँच जनालाई मन्त्रिपरिषद्मा समावेश गर्दै आफ्नो नेतृत्वको सरकारलाई पूर्णता दिएका हुन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले एक समारोहबीच नवनियुक्त मन्त्रीलाई शपथ गराएका थिए।

मुख्यमन्त्रीको सिफारिसमा उर्मिला नेपालले युवा तथा खेलकुद मन्त्रालय, कन्चनचन्द्र वादेले सामाजिक विकास मन्त्रालय, सुरेश श्रेष्ठले संस्कृति तथा पर्यटन मन्त्रालय, विनु रायमाझीले सहकारी तथा गरिबी निवारण मन्त्रालय र प्रभात तामाङले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। यस्तै विना विभागीय मन्त्री रहेका शिवराज अधिकारीलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ।

बानियाँले यसअघि आफूसहित नौ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। त्यतिबेला कांग्रेसबाट तीन र सत्ता साझेदार नेकपा एमालेबाट छ मन्त्री समावेश भएका थिए। नयाँ पाँच मन्त्रीको नियुक्तिसँगै अब मन्त्रिपरिषद् पूर्णता पाएपछि सरकारले नीति तथा कार्यक्रम कार्यान्वयनमा गति दिने अपेक्षा गरिएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img