Thursday, May 15, 2025
राजनीतिराप्रपाकी महामन्त्री कुन्ती शाहीले एमाले महासचिव ईश्वर पोखरेलज्यू भनेपछि…
spot_img

राप्रपाकी महामन्त्री कुन्ती शाहीले एमाले महासचिव ईश्वर पोखरेलज्यू भनेपछि…

spot_img

काठमाडौं । आइतबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान हलमा जारी नेकपा माओवादी केन्द्रको ८ औँ महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्ती शाही अड्किँदै अड्किँदै बोलिन् ।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई सम्बोधन गर्ने क्रममा अड्किँदै सम्बोधन गरेकी उनले नेकपा एमाले महासचिव ईश्वर पोखरेल भनेपछि हलभित्र हाँसो चल्यो ।

माओवादीको महाधिवेशनमा अतिथी बनेर आएका महासचिव शंकर पोखरेलले पनि कुन्तीतर्फ पुलुक्क हेर्दै हाँसे । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि उनीतिर हेर्दै खुबै हाँसे । कार्यक्रममा उपस्थित भएका कार्यकर्ताहरु पनि हाँसेका थिए ।

त्यसपछि शाहीले आफ्नो बोली सच्याइन् र शंकर पोखरेलको नाम लिइन् । तर, पनि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम लिने क्रममा फेरि अड्किइन् र उनलाई पछाडिबाट उपेन्द्रको नाम भनेपछि उनले सम्बोधन अघि बढाइन् ।

सम्बोधनका क्रममा माओवादी र राप्रपाको विचारधारा फरक भए पनि एउटा विचारमा भने मिल्ने बताइन् । मौलिकता, संस्कृतिलाई समृद्ध, राष्ट्रियतालाई बलियो बनाउने विचारमा आफ्नो पार्टीसँग माओवादी मिलेको तर, वाद फरक रहेको उनले बताइन् ।

उनले भनिन्, ‘आज यहाँका युवाहरु कहाँ छन् ? सय डिग्रीको तापक्रममा खाँडीमा पसिना सिञ्चित गरिरहेका छन् । अब, उनीहरुलाई स्वदेश फर्काएर देश विकास गर्ने कि नगर्ने ? त्यसैले देश निर्माणमा सबै दल एकजुट होऔँ ।’

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img