Sunday, July 20, 2025
विज्ञान/प्रविधिअब मानिसको दिमागमा कम्प्युटर चिप!

अब मानिसको दिमागमा कम्प्युटर चिप!

spot_img

एजेन्सी: एलोन मस्कको ब्रेन-चिप फर्म न्युरालिंकले मानव मस्तिष्कमा कम्प्युटर चिप परीक्षण गर्ने अनुमति पाएको बताएको छ।

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) बाट आफूहरूलाई पहिलो पटक मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गरी परीक्षण गर्न स्वीकृति दिएको कम्पनीले जनाएको छ। कम्पनीले शुक्रबार ट्वीटरमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो।

- Advertisement -

सन् २०१६ मा सञ्चालित न्युरालिंक एक हेल्थ (स्वास्थसम्बन्धी) टेक कम्पनी हो। मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्नु यसको मुख्य उद्देश्य हो। गत मंसिरमा मस्कले आगामी ६ महिनाभित्र मानव मस्तिष्कमा कम्प्युटर चिप परीक्षण गर्ने घोषणा गरेका थिए।

कम्पनीले चिप परीक्षणको लागि स्वीकृति पाएपनि उक्त चिप परीक्षण कहिलेदेखि गर्ने भन्नेबारे छिट्टै सार्वजनिक गर्ने बताएको छ।

ट्विटमा कम्पनीले लेखेको छ, ‘क्लिनिकल परीक्षणको मिति अहिलेसम्म सार्वजनिक गरेका छैनौं। हामी यसको जानकारी चाँडै सार्वजनिक गर्नेछौं!’

न्युरालिंकका अनुसार कम्पनीले यस्तो मस्तिष्क चिप तयार पारेको छ जसको प्रयोगमा आँखा नदेख्ने व्यक्तिले आँखा देख्न सक्नेछन्।

त्यस्तै शरीरको कुनै भागहरू नचलेको व्यक्तिले सो भाग चलाउन सक्नेछन्। चिपमार्फत कुनै पनि व्यक्तिको दिमाग कम्प्युटरसँग जोडिन्छ। र, यसलाई कम्प्युटर वा मोबाइल फोनबाट कन्ट्रोल गर्न सकिन्छ।

न्युरालिंकले चिपको परीक्षण जनावरहरूमा गरिसकेको छ। केही समय अघि यसले बाँदर र सुँगुरको दिमागमा चिप प्रत्यारोपण गरेर परीक्षण गरेको थियो।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img