Wednesday, February 12, 2025
विज्ञान/प्रविधिटेलिकमको अनलिमिटेड भ्वाइस र डेटा यसरी लिन सकिन्छ

टेलिकमको अनलिमिटेड भ्वाइस र डेटा यसरी लिन सकिन्छ

काठमाडौं: नेपाल टेलिकमकले ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डेटा पोस्टपेड–६३६’ प्याकेजलाई अझै सुविधायुक्त बनाइएको बताएको छ।

टेलिकमको पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध यो अफर अन्तर्गत ६३६ रुपैयाँमा ३० दिनसम्म कम्पनीकै नेटवर्क भित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ।

यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध छ।

त्यसैगरी यस अन्तर्गत पहिले प्रत्येक दिन ३०० एमबी डेटा प्रयोग गर्न सकिने व्यवस्था भएकोमा अब एकमुष्ट ९ जिबी डेटा उपलब्ध हुनेछ।

पहिले सो ३०० एमबी डेटा सकिएमा दैनिक ६४ केबिपिएसको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध भएकोमा अब आवश्यकता बमोजिम ९ जिबी डेटा जतिबेर पनि प्रयोग गर्न सकिन्छ।

यो डेटा सकिएमा ग्राहकले सुलभ दरको एड अन प्याक खरिद गर्न सक्नेछन्।

सजिलो अनलिमिटेड भ्वाइस एण्ड डेटा पोस्टपेड–६३६ प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *१४१५*२*२# डायल गर्नुपर्ने कम्पनीले बताएको छ।

साथै, कम्पनीको ‘नेपाल टेलिकम’ एपको पोस्टपेड रेण्टल प्याकेज अन्तर्गत पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस