विज्ञान/प्रविधिअब नेपालमा पनि फेसबुक कन्टेन्ट मोनेटाइजेशन

अब नेपालमा पनि फेसबुक कन्टेन्ट मोनेटाइजेशन

हेटौँडा । सामाजिक सञ्जाल फेसबुकले कन्टेन्ट मोनेटाइजेसन सेवा विस्तार गर्दै नेपाललाई पनि यो सूचीमा समावेश गरेको छ। यससँगै अब नेपालमा रहेका फेसबुक क्रिएटरहरूले आफ्ना भिडियो, रिल, फोटो, टेक्स्ट पोस्ट र स्टोरीमार्फत कमाई गर्न सक्ने भएका छन्।

यसअघि नेपाल यो सूचीमा समावेश थिएन। तर, हाल फेसबुकले ७० वटा देशलाई कन्टेन्ट मोनेटाइजेसनका लागि योग्य घोषित गरेको छ, जसमा नेपाल पनि पर्छ। कम्पनीका अनुसार पब्लिक भिडिओ र रिलमा देखिने विज्ञापनमार्फत कमाई गर्न सकिनेछ। यद्यपि, धेरै भाषामा बनेका भिडिओ भने मोनेटाइजेसनका लागि योग्य नहुने फेसबुकले जनाएको छ।

गत अगस्ट ३१ मा पर्फमेन्स बोनस प्रोग्रम सकिएसँगै फेसबुकले सबै पुराना मोनेटाइजेसन योजनाहरूलाई मर्ज गरेर नयाँ कन्टेन्ट मोनेटाइजेसन प्रोग्राम सुरु गरेको हो। यस अन्तर्गत १० लाखभन्दा बढी क्रिएटरलाई बेटा संस्करणमा सहभागी गराइसकिएको र आगामी महिनामा अझ धेरैलाई आमन्त्रणा गर्ने जानकारी दिइएको छ।

फेसबुकले क्रिएटरहरूलाई प्रोफेसनल ड्यासबोर्डमा गएर मोनेटाइजेसन ट्याबमार्फत ‘कन्टेन्ट मोनेटाइजेसन’ सक्रिय गर्न आग्रह गरेको छ। कम्पनीका अनुसार, यस सुविधाबाट सहज र व्यवस्थित ढंगले कमाई गर्न सकिनेछ।

कसरी कमाउने ?

नेपालका कन्टेन्ट क्रिएटरहरूले फेसबुकमार्फत यसरी कमाई गर्न सक्नेछन् :

१. प्रोफेसनल मोड सुरु गर्ने

  • आफ्नो प्रोफाइल वा पेजलाई प्रोफेसनल मोड मा परिवर्तन गर्नुपर्छ।

  • यसपछि प्रोफेसनल ड्यासबोर्ड मा मनिटाइजेसनको विकल्प देखिन्छ।

२. मनिटाइजेसन सक्रिय गर्ने

  • ड्यासबोर्डभित्र रहेको मनिटाइजेसन ट्याबमा गएर कन्टेन्ट मनिटाइजेसन मा क्लिक गर्नुपर्छ।

  • फेसबुकले योग्यता जाँच गर्नेछ, मापदण्ड पूरा भएमा सुविधा खुल्छ।

३. योग्य कन्टेन्ट बनाउने

  • रिल, भिडिओ, फोटो, लेखिएको स्टाटस वा स्टोरीलाई सार्वजनिक (पब्लिक) गर्नुपर्छ।

  • विज्ञापन देखिने कन्टेन्टमा हिंसा, अश्लीलता, गलत समाचार वा प्रतिलिपि अधिकार उल्लङ्घन हुनु हुँदैन।

४. भाषा र नियमको पालना गर्ने

  • फेसबुकले समर्थन गर्ने भाषामध्येमा सामग्री राख्नुपर्छ।

  • नेपाली वा अंग्रेजी भाषामा बनेका कन्टेन्टलाई प्राथमिकता दिने गरिएको छ।

५. पैसा लिन खाता जोड्ने

  • पेमेन्ट सेटिङ्स मा गएर आफ्नो बैंक खाता वा अनलाइन भुक्तानी प्रणाली जोड्नुपर्छ।

  • निर्धारित सीमा (थ्रेसहोल्ड) पुगेपछि कमाइ स्वचालित रूपमा खातामा पठाइन्छ।

६. निरन्तर कन्टेन्ट बनाउन र दर्शक बढाउन

  • जति बढी सामग्री राखिन्छ र जति बढी दर्शक आकर्षित हुन्छन्, त्यति धेरै विज्ञापन आम्दानी हुन्छ।

  • नियमित रिल, भिडियो र स्टोरी बनाउने बानीले कमाई बढाउँछ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img