सेयर बजारबुद्धभूमि नेपालको आईपीओ पाएकाहरु मालामाल

बुद्धभूमि नेपालको आईपीओ पाएकाहरु मालामाल

काठमाडौं : बुद्धभूमि नेपाल हाइड्रोपावरका प्राथमिक सेयरधनीहरुले पहिलो दिनमै २ हजार ५ सय २० रुपैयाँ कमाउने देखिएको छ ।

कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि न्यूनतम ८४.०५ रुपैयाँदेखि अधिकतम २५२.१५ रुपैयाँको रेञ्ज पाउने देखिन्छ।
यदि अधिकतम रेञ्जमा कारोबार भयो भने लगानीकर्ताले पहिलो दिनमै २ हजार ५ सय बीस रुपैयाँ कमाउने छन्।

हिजोको पहिलो कारोबारको लागि कम्पनीले किताबी मूल्यदेखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन्। कम्पनीको आर्थिक वर्ष ७६/७७ को वास्तविक नेट्वर्थ ८४.०५ रुपैयाँ छ।

नियमअनुसार पहिलो कारोबार हुनुभन्दा अगाडि स्पेसल प्री ओपनिङ सेसनमा सो रेञ्जभित्र कारोबार हुनुपर्छ। त्यसपछि मात्र कम्पनीको नियमित समयमा सेयर कारोबार सुरु हुन्छ।

कम्पनीको आईपीओ बाँडफाँटमा ७४ हजार चार सय जनाले दस / दस कित्ताका दरले सेयर प्राप्त गरेका छन्। कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्काशनमा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img