काठमाडौं / आईसीसी टी–२० विश्व कप क्रिकेट मेलबर्नमा भएकाे खेलमा आयरल्यान्ड डकवर्थ लुइसले सुपर १२ काे खेलमा आयरल्यान्डले इङ्ग्ल्यान्डलाई पाँच रनले हराएकाे छ ।
आयरल्यान्डले दिएकाे एक सय ५८ रनकाे लक्ष्य पछ्याएकाे इङ्ग्ल्यान्डले १४ ओभर तीन बलमा पाँच विकेट गुमाएर एक सय पाँच रन बनाउँदा वर्षाका कारण खेल राेकिएकाे थियाे । खेल फेरि सुरु हुन नसकेपछि आयरल्यान्ड डकवर्थ लुइस नियमकाे आधारमा पाँच रनले विजयी भएकाे हाे ।
इङ्ग्ल्यान्डका लागि डेविड मलानले ३५ र माेइन अलीले नटआउट २४ रन बनाए । बलिङतर्फ आयरल्यान्डका जाेशुआ लिटिलले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे आयरल्यान्डले १९ ओभर २ बलमा अलआउट हुँदै एक सय ५७ रन बनायाे । उसका एन्ड्रियु बालबर्नीले ६२ र लाेरकन टकरले ३४ रन बनाए । बलिङतर्फ इङ्ग्ल्यान्डका मार्क वुड र लायम लिभिङस्टाेनले तीन/तीन विकेट लिए ।