काठमाडौं – क्रिकेट राष्ट्रिय टोलीको कप्तानसमेत भइसकेका उदयमान क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
काठमाडौं जिल्ला अदालतले बला’त्कार आरोपमा मुछिएका लामिछानेलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । यससँगै लामिछाने केन्द्रीय कारागारमा चलान भएका छन् भने उनको क्रिकेट जीवन ध्वस्त भएको छ ।
शुक्रबार नाबालिग बला’त्कार आयोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबर्जस्ती कर’णीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।
गत भदौ ५ गते राति एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटलमा बला’त्कार गरेको आरोप सन्दीपमाथि छ ।
सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । उनी विदेशबाट फर्कनासाथ दशैँको तिकाको भोलिपल्ट विमानस्थलबाटै पक्राउ परेका थिए । छोटो समयमै क्रिकेटमा चम्किएका लामिछाने अन्तर्राष्ट्रियस्तरमा समेत नाम कमाउन सफल खेलाडी हुन् ।