खेल समाचारइटहरीको बुढासुब्बामा तालतलैया च्यालेन्ज कप फुटबल सुरू

इटहरीको बुढासुब्बामा तालतलैया च्यालेन्ज कप फुटबल सुरू

सुनसरी / इटहरीको बुढासुब्बामा प्रथम तालतलैया च्यालेन्ज कप फुटबल सुरू भएको छ ।

इटहरी २ स्थिति बुढासुब्बा खेल मैदानमा प्रथम तालतलैया च्यालेन्ज कपको आयोजनामा आज देखि असार ९ गतेसम्म फुटबल सुरू भएको छ । प्रतियोगिताको खेल इटहरी उपमहानगरपालिकाकि उपप्रमुख संगिता चौधरीले उद्घाटन गरेकी हुन् । हामीले खेलकुद क्षेत्रमा विभिन्न योजना बजेट पनि ल्याएको छौं र खेल क्षेत्रलाई हामी हौसला प्रदान गर्ने उनले बताइन् ।

आजको पहिलो खेल पंचायन एफ.सि., रामधुनी र पूर्वाञ्चल यूनाईटेड, सुन्दरहरैंचाको खेल रहेको छ । भोलि तालतलैया एफ.सी. ए, इटहरी २ र प्रकाशपुर एफ. सी., बराहक्षेत्रको खेल रहेको छ ।

प्रतियोगितामा कोशी प्रदेशका चारवटा जिल्लाका १० टिम सहभागी रहेका छन् । जसमा सुनसरी , मोरङ , झापा र उदयपुरका विभिन्न टिम गरी १० टिमको सहभागी हुने छ ।

प्रतियोगितामा विजयी टिम नगद ५१,००० हजार उपविजेता टिमलाई नगद ३१,००० सहित ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरीने भएको छ । खेलमा कुल लागत १२ लाख ३२ हजार हुने तालतलैया फुटबल कपका अध्यक्ष शंकर राईले बताए । खेलमा हरेक खेलको म्यान अफ दि पुरस्कार ,विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरीने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img