सुनसरी : तालतलैया च्यालेन्ज कपको खेलको हात राजाबास युथ क्लब बराहक्षेत्रले पारेको छ । इटहरी २ स्थित बुढासुब्बा खेलमैदान सम्पन्न भएको फाइनल खेलमा पुर्वाञ्चल युनाइटेड क्लबलाई १-० को सोजो गोलले पराजित गर्दै राजाबास युथ क्लबले उपाधी हात पारेको हो ।
पहिलो फाइनल खेलमा पुर्वाअञ्चल युनाइटेड क्लब सुन्दरहरैचा र राजाबास युथ क्लब बराहक्षेत्र ले गोल प्रहार गर्न सकेनन् । दोस्रो फाइनलखेलमा राजाबास युथ क्लबले १ गोल प्रहार गरेर विजयी टिम भनेको हो । राजाबासका खेलाडी गिल्सम खमिले गोल प्रहार गरका हुन् । विधागत पुरस्कार गिल्सन खिमिले नगद २ हजार पुरस्कार पाएका हुन् ।
प्रतियोगितामा विजयी टिम राजाबास युथ क्लबले नगद ५१ हजार हात पारेको छ । उपविजेता टिम पुर्वाञ्चल युनाइटेड क्लबले नगद ३१ सहित ट्रफी , मेडल र प्रमाणपत्र प्रदान गरिएको हो । साथि साथि बिच खेलमा म्यान अफ दि पुरस्कार ,विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिएको हो ।
सर्वोकृष्ठ पुरस्कार राजाबासका खेलाडी निशान लिम्बूलाई नगद ३ हजार १ सय नगर पाएका हुन् । प्रतियोगितामा सुनसरी , मोरङ , झापा र उदयपुर लगाएत विभिन्न टिम गरी १० टिमको सहभागी रहेका थिए ।



