सुनसरी / भोजपुरको टेम्कमैयुङ गाउँपालिका ९ लेखर्कको पाँचधारेमा भएको साविक वडास्तरिय पुरुष र महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
खेलकुद विकास समिति टेम्केमैयुङ ९ लेखर्कको आयोजनामा कात्तिक २१ गतेदेखि साविक वडास्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पुरुष ३५ टिम र महिला १२ टिम गरी ४७ टिमको सहभागिता रहेको थियोे ।
प्रतियोगितामा पुरुष तर्फ रावा वेँसी कुभिण्डे प्रथम भएको नगद ५१ हजार ,भाले ढुङ्गा अरुण गाउँपालिका द्वितिय भएकोमा ,२७ हजार र गोगने तृतिय भएकोमा १५ हजार नगद सहित मेडण प्रमाणपत्र वितरण गरिएको हो ।
प्रथम दितिय र तृतिय हुने टिमले प्रमाण पत्रको साथमा क्रमशः ५१ हजार,२७ हजार र १५ हजार नगद पाएका छन् । त्यस्तै महिला तर्फ वैराङ २ प्रथम, खिदिमा दितिय र बोपुङ तृतिय भएका छन् । प्रथम, दितिय र तृतिय हुने टिमले प्रमाण पत्रको साथमा क्रमश १५ हजार, १० हजार र ५ हजार नगद पाएका छन् ।
कार्यक्रमको समापन समारोहमा बोल्दै पूर्व सामाजिक विकास राज्य मन्त्री तथा प्रदेश सभा सांसद सिर्जना राईले खेल क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने बताइन् । खेल र खेलाडीको विकासको लागि राज्य गम्भिर बन्नु पर्ने उनको धाराणा छ ।
आफ्नो कार्यकालमा शिर झुकाउने खालको कुनै पनि काम नगर्ने बताउदै सांसद राईले जिल्लाको समग्र विकासलाई पहल गरिरहेको धाराणा राखिन् । कोशी प्रदेश सरकार स्थिर नबनेको कारण विकासका काममा बाधा पुगेको उनको भनाइ छ ।
गाउँपालिकाले खेल क्षेत्रको योजनाबद्ध विकासमा ध्यान दिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । गाउँपालिकाको श्रोत, साधनको आधारमा खेल क्षेत्रमा लगानी गरिरहेको अध्यक्ष बस्नेतको भनाइ छ ।
गाउँपालिकाले खेल क्षेत्रको विकासको लागि काम गरिरहेको उपाध्यक्ष रमादेवी राईले बताइन् । गाउँपालिको आवश्यक बजेट विनियोजन गरेर वडास्तरमा विभिन्न प्रतियोगिताहरु भईरहेको उपाध्यक्ष राईको भनाइ छ ।
वडाको आर्थिक व्यावस्थापनमा प्रतियोगिता सञ्चालन गरिएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले जानकारी दिए । खेलले स्वास्थ्य र मनोरञ्जन दुवै क्षेत्रलाई समेट्ने भएकाले राज्यले खेल क्षेत्रको विकासमा ध्यान दिनु पर्ने उनको भनाइ छ ।
सो समापन कार्यक्रम स्थानीय विभिन्न संघ संस्थाका प्रतिनिधि ,खेलाडी , अभिभावक स्थानीय लगाएतको सहभागीता रहेको थियोे ।