सुनसरी : धनकुटाको पर्यटकीय क्षेत्र राजारानीमा प्रथम ज्ञान बहादुर तथा बुद्धिमाया लिम्बु स्मृति रारा अन्तराष्टिय आमन्त्रण भेट्रान गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
सोमबार राजारानीमा पत्रकार सम्मेलन गर्दै रारा भेट्रान फुटवल क्लव राजारानी धनकुटाको आयोजनामा यहीँ मंसिर ११ गते देखि १४ गतेसम्म राजारानीमा प्रथम रारा अन्तराष्टिय आमन्त्रण भेट्रान फुटबल हुने प्रतियोगिता हुने भएको छ । १४ गते साँझ राष्ट्रिय कलाकारहरूको प्रस्तुतीसँगै नृत्य प्रतियोगिता हुने भएको छ ।
Bermiok-Namphing v Fc Sikkim, Damak Lakhanpur v Fc Jhapa, Hamro Itahari v Fc , Hamro Dharan v Fc ,Megha Biratnagar v fc , Dudhe v Fc, Jhapa , Evrest v Fc, Morang, Rara v Fc. Dhankuta गरी कोशी प्रदेशका ८ वटा टिमले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष बिजु राईले जानकारी दिए ।
प्रतियोगिताको प्रथम टिमलाई १ लाख १ हजार १ सय ११ रूपियाँ , दोस्रो टिमलाई ५१ हजार १ सय ११ रूपियाँ पुरस्कार प्रदान गरिने भएको छ ।प्रत्येक खेलको म्यानअफद म्याचले नगद ५ हजार र बिधागतरुपमा उत्कृष्ट हुने खेलाडीलाई जनही ७ हजार रुपैयाँ प्रदान गरिने आयोजकको भनाई छ ।
चार दिनसम्म चल्ने प्रतियोगितामा सहभागी टिमलाई प्रति म्याच १५ हजारका दरले तयारी खर्च समेत उपलब्ध गराइने आयोजकले जनाएको छ। मुख्य प्रायोजक UK FOOTBALL LOVERS , AM.ZONE RESTAURANT ALDERSHOT UK ,Lead bye lok chemjong uk ले सहयोग गर्ने भएको छ । कुल २४ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।
राष्ट्रिय फुटबल टिमका क्याप्टेन किरण चेम्जोङ, बुद्ध चेम्जोङ लगायतका राष्ट्रिय तथा अन्तराष्टिय खेलाडी उत्पादन गर्न सफल राजारानीमा प्रथम संस्करणको प्रतियोगीतालाई अगामी बर्षपनि निरन्तरता दिने संरक्षक चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बुले बताए ।
सांस्कृतिक साँझमा मंसिर १३ गते गायिका एलिना चौहान र १४ गते गायिका सुनिता थेगिम लिम्बूको प्रस्तुति रहने भएको छ ।
फुटवल प्रतियोगिताको आयोजना गरी फुटवल खेलको विकास गर्ने , ग्रामिण क्षेत्रमा स्तरीय फुटवल खेलको आयोजना गरी दर्शकहरुलाई मनोरञ्जन दिने ,आत्तरिक पर्यटनको विकास गर्ने, युवाहरुलाई खेलकुदको माध्यमबाट सामाजिक विकासमा समाहित गर्दै संगठित बनाउने,खेलकुद लाई विकासको मेरुदण्डको रुपमा विकास गर्ने र धार्मिक पर्यटनको प्रवर्द्धन गर्ने उदेश्य रहेको आयोजनाका सचिव रूपन चेम्जोङ्गले बताए ।
नेपालका तथा विदेशका विभिन्न ठाउँका उत्कृष्ट भेट्रान टिमहरु बिच खेल प्रदर्शन , ऐतिहासिक कार्तिक शुक्ल पूर्णिमा मेलाको मनोरञ्जन , फुड फेस्टिवलमा विभिन्न परिकारहरुको स्वाद लिन पाइने , रानी तालमा बोटिङ्ग तथा फिसिङ्गको व्यवस्था नागबेली पार्कको अवलोकन र काली झरना, घ्याम्पे झरना, तोतिला झरनाको अवलोकन तथा मनोरञ्जन लिन सकिने कार्यक्रमका मुख्य आकर्षक रहेका छन् ।