Wednesday, January 15, 2025
खेल समाचारजुनियरतर्फको खेलमा वडा नम्बर ११ फाइनल प्रवेश

जुनियरतर्फको खेलमा वडा नम्बर ११ फाइनल प्रवेश

मकवानपुर: मकवानपुरको बकैया गाउँपालिकामा जारी पाँचौ संस्करणको पालिकास्तरीय फुटबल प्रतियोगिता अन्तर्गत जुनियरतर्फको खेलमा वडा नम्बर ११ फाइनलमा प्रवेश गरेको छ ।

बिहिबार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १२ लाई २–१ गोलले हराउँदै वडा नम्बर ११ फाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेश गरेसँगै ११ नम्बरले उपाधीका लागि वडा नम्बर १ र १० बीचको विजेतासँग खेल्नेछ । वडा नम्बर १ र १० बीचको दोस्रो सेमिफाइनल खेल शुक्रबार हुनेछ ।

प्रतियोगिता अन्तर्गत सिनियरतर्फको सेमिफाइनल समीकरण पुरा भएको छ । बिहिबार भएको खेलमा ९ नम्बर वडाले ८ नम्बर हराएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको हो । ८ नम्बर वडालाई ट्राइब्रेकरमा ४–३ गोलले हराउँदै ९ नम्बर सेमिफाइनल प्रवेश गरेको हो ।

सेमिफाइनल प्रवेश गरेको ९ नम्बरले फाइनल प्रवेशका लागि शनिबार ३ नम्बर वडासँग प्रतिस्पर्धा गर्नेछ । यस्तै शुक्रबार फाइनल प्रवेशका लागि सिनियरतर्फ वडा नम्बर ४ र ५ बीच प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता अन्तर्गत प्रतियोगितामा सिनियरतर्फ ७ टिम र जुनियरतर्फ ५ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । प्रतियोगिताको उपाधि विजेता सिनियर र जुनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img