Tuesday, December 3, 2024
बागमती प्रदेशमकवानपुररोकिएन वालबिवाह: मकवानपुरमा एक महिनामा २३ जना किशोरी आमा बने

रोकिएन वालबिवाह: मकवानपुरमा एक महिनामा २३ जना किशोरी आमा बने

मकवानपुर: किशोरवस्थामै आमा बन्नु चिन्ताजनक विषय मात्र होइन कानुनले नै दण्डनीय मानिएको बालविवाहको लुकेको तथ्याङ्क पनि हो । स्थानीय सरकारले यसलाई गम्भीर रूपमा लिन नसक्दा हेटौँडामा हरेक महिना किशोरीहरू आमा बनिरहेका छन् ।

हेटौँडा अस्पतालमा मङ्सिर महिनामा मात्रै २३ जना किशोरी आमा बनेका छन् । अस्पतालमा ३ सय २६ जना गर्भवतीले सुत्केरी सेवा लिँदा २० वर्षभन्दा कम उमेरका २३ जना किशोरी आमा बनेको हेटौँडा अस्पतालले जनाएको छ ।

हेटौँडा अस्पतालका सूचना अधिकारी राजीव झाका अनुसार ३ सय २६ जना महिलामध्ये २ सय २० जना सामान्य अवस्थामा सुत्केरी भए भने ९४ जनाको शल्यक्रिया गरेर बच्चा निकाल्नु परेको थियो । झाका अनुसार १२ जनाको अवस्था जटिल रहेको थियो ।

हेटौँडा उपमहानगरपालिका भने बालविवाहको सन्दर्भमा कडा रूपमा प्रस्तुत भैरहेपनि अन्य बिभिन्न पालिकाहरुको लचिलोपनले समस्या उत्पन्न हुने गरेको देखिन्छ । विवाह भइरहेको मण्डपबाटै दुलहा, दुलही, पण्डितलगायतका लाई कारबाही गर्ने गरेको छ हेटौँडा उपमहानगरपालिका । चालु आर्थिक वर्षमा यस्ता २ घटना भएको उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु कुमारी लामिछले बताउँछिन् ।

पछिल्लो समय सचेतनाकै कारण मागी बालविवाह हुने सङ्ख्या कम रहेकोमा भागी विवाह विवाहले समस्या निम्ताएको उनको भनाई थियो । उपमहानगरपालिकाले भागी विवाह पनि बदर गर्ने गरेको छ अभियान सुरु भए देखी पालिकाले ७ वटा विवाह बदर गरेको लामिछानेले बताउँछिन् । यी विषय विषय वडाबाटै निर्मूल गर्ने गरिए पनि जटिलता भयो भने उपमहानगरपालिका ल्याइने गरिएको उनले बताइन ।

हेटौँडा अस्पतालमा जिल्ला बाहिरबाट पनि गर्भवती किशोरीहरू आउने गरका छन् । किशोरीले बच्चा जन्माउँदा जटिलता हुने, किशोरीको उच्च दबाब हुने, बच्चाको तौल सामान्य भन्दा कम हुने, बच्चा सानो हुने, बच्चा अड्किने समस्या देखा पर्दछ ।

गत वर्षमा मात्रै मकवानपुर जिल्लामा ५ सय २० जना किशोरी आमा बनेको अस्पतालको तथ्याङ्कमा छ । नेपालमा २० देखी २४ वर्षाका १० पुरुष मध्ये एकले बाल्यावस्थामै विवाह हुने गरेको युनिसेफको विश्लेषण छ ।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

सिफारिस

spot_img