Friday, January 17, 2025
खेल समाचारबागमती गोल्डकप : छैठौं संस्करणको प्रतियोगिता फागुन १ गते

बागमती गोल्डकप : छैठौं संस्करणको प्रतियोगिता फागुन १ गते

मकवानपुर: बागमती खेलकुद विकास समितिले आयोजना गर्न लागेको बागमती गोल्डकपको छैठौं संस्करण आगामी फागुन १ गतेदेखि सुरु हुने भएको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै आयोजक समितिका अध्यक्ष टिकालाल श्रेष्ठले प्रतियोगितामा ६ वटा ए डिभिजन क्लब, ३ वटा मोफसल र एक विदेशी टोली सहभागी हुने जानकारी दिए।  फागुन १० सम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यसअघिको संस्करणमा विदेशी क्लब भुटानिज स्पोर्ट्स क्लब विजेता भएको थियो।

बागमती गाउँपालिकाले खेलाडी उत्पादन र विकासका लागि लगानी गरिरहेको पालिका अध्यक्ष सर्केश घलानले बताए। राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्दै स्थानीय तहले खेलकुद क्षेत्रमा ठूलो योगदान दिइरहेको उनको भनाइ छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img