Friday, January 17, 2025
खेल समाचारहेटौंडामा जारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको दुई खेल सम्पन्न

हेटौंडामा जारी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको दुई खेल सम्पन्न

हेटौंडा – यहाँ मंगलबारदेखि छैठौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको दुई खेल सम्पन्न भएको छ।

प्रतियोगिताको पहिलो खेलमा सर्लाहीको बागमती युवा क्लबले भुटानको पारो एफसीलाई ३-१ गोलले हराएको थियो। बुधबार भएको अर्को खेलमा न्यूरोडटिमले हिमालयन शेर्पालाई ३-० ले पराजित गरेको छ।

उत्कृष्ट जितका साथ न्युरोडटिम (एनआरटी) यहाँ जारी स्थानीय तह शहिद स्मृति छैठौं मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको प्रिक्वाटरफाइनलतर्फ एनआरटीले गत संस्करणको उपविजेता हिमालयन शेर्पा फुटबल क्लबमाथि शून्यका विरुद्ध ३ गोलको जित निकाल्दै अन्तिम आठमा प्रवेश गरेको हो ।

हेटौडा स्थित गौरीटार रंगशालामा भएको खेलमा एनआरटीका लागि सरोज तामाङ, रोहन खड्गी र सुमित श्रेष्ठले गोल गरे । खेलको म्यान अफ द म्याच पनि एनआरटी कै सरोज तामाङ घोषित भए ।

प्रतियोगिता अन्तर्गत माघ १८ गते बिहीबारको प्रिक्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब र एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा न्यु डाँफे फुटबल क्लब, हेटौडाको व्यवस्थापनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेृछ । फाइनल खेल यही माघ २७ गतेका दिन हुनेछ ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img