खेल समाचारबागमती गोल्डकपः नव जनजागृती हराउँदै एनआरटी सेमिफाइनल प्रवेश

बागमती गोल्डकपः नव जनजागृती हराउँदै एनआरटी सेमिफाइनल प्रवेश

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौंं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत न्युरोड टिम (एनआरटी) सेमिफाइनलमा प्रवेश गरेको छ । बिहिबार बागमती–८ स्थित जनता माविको खेल मैदानमा भएको पहिलो क्वाटरफाइनल खेलमा सिमराको नव जनजागृती युवा क्लबलाई १–० गोलले हराउँदै एनआरटी सेमिफाइनलमा प्रवेश गरेको हो ।

एनआरटीको जीतमा मोहित गुरुङ्गले निर्णायक गोल गरे । उनले खेलको पहिलो हाफको ३१ औं मिनेटमा फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका हुन् । खेलको म्यान अफ द म्याच गुरुङ्ग घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा पहिलो पटक सहभागि जनाएको एनआरटी पहिलो प्रयासमै सेमिफाइनलमा प्रवेश गरेको हो । सेमिफाइनल प्रवेश गरेको एनआरटीले अब फाइनल प्रवेशका लागि ए डिभिजन क्बल जावलाखेल युथ क्लब र मछिन्द्र फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत दोस्रो क्वाटरफाइनल खेलमा शुक्रबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा हुनेछ । विजयी टिमले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रतियोगिताको फाइनल खेल फाल्गुन १० गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img