देशकोशी प्रदेशमादीमा १ लाख धनराशीको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने

मादीमा १ लाख धनराशीको राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने

संखुवासभा- संखुवासभाको मादी नगरपालिकामा “पृथक पहिचान, मादी नगरपालिकाको शान” भन्ने मुल नाराका साथ “रु. १ लाख धनराशिको तेश्रो मादी राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता २०८०” आयोजना हुने भएको छ।

प्रतियोगिता आगामी चैत्र ९ देखि चैत्र ११ गतेसम्म मादी नगरको कवर्डहलमा हुने भएको छ। प्रतियोगितामा व्याडमिन्टनका चार Event समावेश गरेर एनबिए र बिएडब्लुएफको नियमानुसार खेलाईने भएको छ ।

मादी नगरपालिकालाई भौतिक पुर्वाधार विकाससँगै खेलकुद र खेल पर्यटनलाई पनि सँगसँगै जोड्नको लागि मादी नगरपालिकाको गरिमामय १३ औं नगरसभाले आ.व. २०८०_०८१ को विनियोजन ऐनमा रु. १० लाख वजेट विनियोजन गरि यो प्रतियोगिताको तेश्रो संस्करण आयोजना गर्न लागिएको नगर प्रमुख जिवन लिङथेपले जानकारी दिए ।

त्यसैगरि, अन्य क्षेत्रमा जस्तै खेलकुद क्षेत्र पनि उत्तिकै समावेशी र लैंगिकमैत्री हुनु पर्छ भन्ने मादी नगरको विश्वास र मान्यता अनुरुप यो संस्करणमा पनि Women’s Double विधालाई निरन्तरता दिँदै Mixed Double विधा समेत थप गरिएको जानकारी नगर उपप्रमुख सुनितादेवी दाहाल भट्टराईले बताए ।

खेल संयोजक लक्ष्मण लिङथेपले मादी नगरलाई राष्टिय/अन्तर्राष्ट्रिय स्तरका खेलाडी तथा खेल पदाधिकारीसँग मादी नगरलाई जोड्नको निम्ति यो प्रतियोगिता आयोजना गरिएको साथै सम्पूर्ण व्याडमिन्टन खेलप्रेमी महानुभावहरुलाई मादी नगरमा निमन्त्रणा गरे ।

सबै भन्दा वढी Men’s Double Event मा प्रथम पुरस्कार रु. १ लाख भएको र सवै चार वटै Event मा प्रथम, द्वितीय र तृतीय स्थान समेत गरि रु. ५ लाख ४५ हजार पुरस्कार राशि भएको र मुख्यत: टाढा टाढाबाट आउने खेलाडीको सहजताको लागि प्रतिदिन प्रति खेलाडी रु. ८०० को दरले भत्ता समेत प्रवन्ध गरिएको जानकारी दिए ।

प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न गरि प्रतियोगितालाई कोशी प्रदेश कै उत्कृष्ट प्रतियोगिता मध्ये एक बनाउन, कुनै कसर बाँकी नराखी हातमा हात साथमा साथ राखेर रचनात्मक सहतोगको लागि तमाम् खेलप्रेमी महानुभावमा प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले आव्हान गरे ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img