Thursday, June 12, 2025
खेल समाचारवाग्मती गोल्डकप : मच्छिन्द्र र एपीएफबीच उपाधि भीडन्त

वाग्मती गोल्डकप : मच्छिन्द्र र एपीएफबीच उपाधि भीडन्त

spot_img

हेटौडा — मकवानपुरको वाग्मती गाउँपालिकामा जारी छैठौं संस्करणको वाग्मती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल बिहीबार हुँदैछ । फाइनलमा मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली एपीएफ भीड्दैछन् । दुवै टिमले उपाधि जित्ने दाबी गरेका छन् । दुवै टोली पहिलो पटक वाग्मती गोल्डकपको फाइनलमा पुगेका हुन् ।
वाग्मती गोल्डकप : मच्छिन्द्र र एपीएफबीच उपाधि भीडन्त

जनता माविको खेलमैदानमा बुधबार भएको प्रि–म्याच कन्फ्रेन्समा बोल्दै मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले प्रतियोगिताको उपाधि जित्नका लागि राम्रो तयारी गरेको दाबी गरे । खेलाडीहरु शारीरिकरुपमा ठिक भएकाले राम्रो अट्याकिङ गरेर निर्धारित ९० मिनेटभित्र गोल गरेर उपाधि जित्ने तयारी गरेको बताए ।

-Ads-

यस्तै एपीएफका म्यानेजर सुशील अधिकारीले आफू उपाधि जित्नेमा विश्वस्त र आशावादी भएको बताए । सबै टिम जित्नका लागि नै प्रतियोगिता खेल्ने बताउँदै उनले भने,‘हामीहरु पनि जित्नका लागि नै आएका हौँ ।’ माघ २७ गते हेटौडामा सम्पन्न सहीद स्मृति स्थानीय तह मकवानपुर गोल्डकप जितेकोले यो कप पनि जित्नेमा पनि आफु विश्वस्त रहेको उनको भनाइ थियो ।

यता मच्छिन्द्रका कप्तान उत्सव राईले यो पटक राम्रो अट्याकिङ खेलेर उपाधि जित्ने लक्ष्य रहेको जिकिर गरेका थिए । यो पटक विभिन्न तीन वटा मोफसल गोल्डकपमा हार व्यहोर्दा दुखी रहेको बताउँदै उनले भने,‘यो पटक भने उपाधि जित्ने छौँ।’ एपीएफका कप्तान मानबहादुर राना मगरले गोल्डकप जित्ने गरी तयारी रहेको बताए । मकवानपुर गोल्डकप जितेर आत्मबल बढेकाले वाग्मती गोल्डकप जित्ने उनको तर्क थियो ।

प्रतियोगिताको विजेता टिमले १० लाख रुपैया र उपविजेता टिमले ५ लाख रुपैया प्राप्त गर्ने छ । यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैया र अन्य विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपैया प्राप्त गर्नेछन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img