Friday, May 16, 2025
खेल समाचारदोस्रो वडा कप फुटबलको उपाधी इटहरी वडा नम्बर १ लाई
spot_img

दोस्रो वडा कप फुटबलको उपाधी इटहरी वडा नम्बर १ लाई

spot_img

इटहरी – इटहरीमा भएको दोस्रो वडा कप फुटबलको उपाधी इटहरी वडा नम्बर १ ले जित्न सफल भएको छ । “खेलकुद हाम्रो सान, खेलाडी उत्पादन हाम्रो अभियान” भन्ने नाराका साथ युथ क्लब इटहरी वडा नम्बर १ आपगाछीको आयोजनामा राष्ट्रिय माविको खेलमैदानमा फागुन ६ गतेदेखि सुरू भएको वडा कप फुटबल प्रतियोगिताको उपाधी इटहरी वडा नम्बर १ ले जित्न सफल भएको हो ।

इटहरी वडा नम्बर ५ र वडा नम्बर १ बिच प्रतिस्पर्धा भएको थियो । १ नम्बर वडा दोस्रो वडा कप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको हो । विजेता टिम इटहरी वडा नम्बर १ ले ५० हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफी र मेडल पाएको छ भने उपविजेता टिम इटहरी वडा नम्बर ५ ले ३० हजार रुपैयाँ सहित ट्रफी र मेडल प्राप्त गरेको हो ।

पेनाल्टी सुट आउटमा वडा नंम्बर १ ले ६ गोल र वडा नम्बर ५ ले ५ गोल गरेकोे थियोे । बिधागत तर्फका उतकृष्ट खेलाडीमा म्यान अफ द म्याच १ नंम्बर वडाका मनिष माझीलाई नगद १ हजार सहित ट्रफि दिएको कार्यक्रम संयोजक कोबिद जंग कार्कीले बताए ।

बेष्ट गोल किपरमा १ नंम्बर वडाका मनिष माझीलाई नगद दुई हजार सहित प्रमाण पत्र र बेष्ट डिफेन्समा ५ नंम्बर वडाका मनिष भण्डारीलाई दुई हजार नगद सहित प्रमाण पत्र दिएको हो । खेलको उद्घाटन इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले गर्नुभए्रको थियो भने इटहरी सरकारले खेल क्षेत्रमा सहयोग गर्ने उहाँले बताए ।

वडामै वडा फुटबल कप आयोजना हुदा स्थानीय खेलाडीहरूलाई खेल क्षेत्रमा सहयोग पुग्ने इटहरी वडा नम्बर १ का वडाध्यक्ष रतन कार्की (कैलाश)ले बताए ।

युवाहरूलाई एकत्रित गर्ने र खेलप्रति आकर्षित गर्ने उद्देश्यले फुटबल प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष यामकुमार राईले बताए । इटहरीमा वडा कप प्रतियोगिता हुदा खेल क्षेत्रमा सहयोग पुग्ने इटहरी वडा नम्बर ५ का वडा अध्यक्ष भीष्म कुमार घिमिरेले बताए ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img