इटहरी- इटहरीको छुट्टाछुट्टै २ स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । सुनसरीको ईटहरी उप-महानगरपलिका-१ स्थित भित्री सडक खण्डमा आज बिहान प्रदेश १-०२-०५० प ०५६७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडकको कल्भटबाट तल झरेर दुर्घटना हुँदा मोटरसाईकल चालक सुनसरीको गढी गाउँपालिका-६ का ४२ बर्षिय चित नारायण माझीको घटनास्थलमै मृत्यु भएको छ ।
त्यसैगरी ईटहरी उप-महानगरपालिका-५ स्थित पुर्व पश्चिम लोक मार्गमा प्रदेश १-०२-०४६ प २८६२ नम्बरको स्कुटर ना. ६ ख ६५७५ नम्बरको ट्रकमा ठक्कर लागि दुर्घटना हुँदा घाईते भएका स्कुटर चालक ईटहरी-५ का रबिन राईको धरान घोपामा उपचारको क्रममा क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न ट्रक र चालक झापा अर्जुनधारा नगरपालिका-९ का ठाकुरलाल तामाङलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरीरहेको छ ।