Thursday, May 22, 2025
देशकोशी प्रदेशइटहरीमा केपी ओली आउने कार्यक्रम स्थगित
spot_img

इटहरीमा केपी ओली आउने कार्यक्रम स्थगित

spot_img

इटहरी – तयारी नपुगेको भन्दै इटहरी ४ स्थित कचना महादेव माध्यमिक बिद्यालयको नयाँ भवन उद्घाटन कार्यक्रम स्थगित भएको छ। इटहरी उप–महानगरपालिकाले सुचना जारी गर्दै भवन उद्याटन कार्यक्रम स्थगित गरेको हो।

नवनिर्मित भवन पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलिले उद्याटन गर्ने कार्यक्रम तय भएको थियो।

फागुन १६ गते इटहरी ४मा रहेको नवनिर्मित भवनको ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो। पुर्वप्रधानमन्त्री ओली इटहरी आउने खबरले अत्यन्त हर्षित एवं उत्साहित हुदाहुदै सो कार्यक्रमलाई सभ्य, भव्य, अनुशासित र मर्यादित बनाउन आवश्यक तयारी गर्न समय पर्याप्त नभएकाले नवनिर्मित भवनको समुद्घाटन कार्यक्रम स्थगित भएको व्यहोरा इटहरीका मेयर हेमकर्ण पौडेलद्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ।

मुलुकको प्रधानमन्त्री भइसकेको राष्ट्रिय राजनीतिमा समेत प्रभावशाली उपस्थिति भएको व्यक्तित्व इटहरी आउनु समग्र इटहरीकै लागि उत्साहको विषय भएपनि कार्यक्रम व्यवस्थापनको आवश्यक तयारी गर्न समय नभएपछी कार्यक्रम स्थगित गर्नुपरेको इटहरी उपमहानगरपालिकाको दाबी छ।

व्यवस्थापन समिति अध्यक्ष तथा एमाले नेता डिकबहादुर राईले निर्धारित कार्यक्रम नरोकिने जनाएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नगरप्रमुख पुर्वाग्रही भएको आरोप लगाएका छन् । उनले पुर्वनिर्धारित कार्यक्रममा सहभागि हुन आह्वान गरेका छन् ।

तर नगरप्रमुख हेमकर्ण पौडेल आफैले हस्ताक्षर गरेको विज्ञप्तीमा भने विद्यालय नगरको क्षेत्राधिकारभित्र पर्ने उल्लेख छ । सर्वसाधारणहरुले भने विद्यालय भवन उद्घाटनमा विद्यालय व्यवस्थापन समिति र उपमहानगरपालिकाबिचको प्रतिष्पर्धा अनुचित रहेको टिप्पणी गरेका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img