खेल समाचारहेटौँडामा पहिलोपटक प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट आयोजना हुँदै

हेटौँडामा पहिलोपटक प्रदेश स्पोर्ट्स अवार्ड एन्ड युथ समिट आयोजना हुँदै

हेटौँडा | बागमती प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयले प्रदेशस्तरीय स्पोर्ट्स अवार्ड एन्ड युथ समिट पहिलोपटक हेटौंडामा आयोजना गर्न लागेको छ। आइतवार हेटौंडा–४ स्थित हुप्राचौरमा अवार्ड समारोह सम्पन्न हुनेछ।

बिहीवार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमबारे जानकारी दिइएको हो। मन्त्री मीनकृष्ण महर्जनका अनुसार, प्रदेशका वर्तमान तथा पूर्व खेलाडी, प्रशिक्षक र खेलकुद पत्रकारलाई सम्मान गर्ने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना गरिएको हो।

“खेलाडीहरूलाई प्रोत्साहन र सम्मान दिनुका साथै विदेश पलायन रोक्न प्रदेश सरकार प्रतिबद्ध छ,” मन्त्री महर्जनले बताए।

मन्त्रालयका निमित्त सचिव सूर्यबहादुर दाहालका अनुसार, अवार्डमा ८ विधामा १२ जना व्यक्तित्वहरूलाई छनोट गरिनेछ। ती विधामा उत्कृष्ट महिला र पुरुष खेलाडी, युवा खेलाडी, प्रशिक्षक, लाइफटाइम एचिभमेन्ट, ‘बागमती खेलकुदको शान’, लोकप्रिय खेलाडी तथा उत्कृष्ट खेलकुद पत्रकार समावेश छन्।

उत्कृष्ट महिला, पुरुष, प्रशिक्षक, ‘बागमती खेलकुदको शान’ र लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई जनही १ लाख रुपैयाँसहित सम्मान गरिनेछ। बाँकी विधाका विजेताले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउने छन्।

अवार्ड छनोटका लागि दीपक श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय प्राविधिक उपसमिति गठन गरिएको छ। उक्त समितिले विभिन्न मापदण्डका आधारमा सिफारिस गरेको व्यक्तित्वहरूलाई सम्मान गरिनेछ। विगतमा खेलकुद क्षेत्रमा पुर्याएको योगदान, हालसम्म प्राप्त सफलता, समाजमा त्यसको प्रभाव र नयाँ पुस्तालाई प्रेरणा दिने क्षमतालाई मूल्यांकन गरी छनोट गरिएको आयोजकले जनाएको छ।

समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा प्रमुख अतिथि रहनेछन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img