अन्यएमाले सांसद नवीना लामाका बुबा शक्तिशाली काण्डमा पक्राउ

एमाले सांसद नवीना लामाका बुबा शक्तिशाली काण्डमा पक्राउ

काठमाडौं |

काठमाडौंमा बम राखेको अभियोगमा पक्राउ परेका आरोपितसँगको शंकास्पद संलग्नतापछि नेकपा एमालेकी सांसद नवीना लामाका बुबा माणिक लामा पक्राउ परेका छन् ।

करीव एक महिना अगाडि काँडाघारी नजिकै बम राखेको घटनामा संलग्न व्यक्तिहरूसँग सम्पर्कमा रहेको अभियोगमा प्रहरीले माणिकलाई पक्राउ गरेको उच्च स्रोतले जनाएको छ ।

उनलाई तीनकुनेस्थित प्रहरी कार्यालयमा थुनामा राखिएको छ । माणिकको समूहले गत फागुन १५ गते अमेरिकी सहयोग अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी अनुमोदन भएको दुई दिनपछि काँडाघारी नजिकै बम राखेर स्थानीयलाई आतंकित तुल्याएको प्रहरी स्रोतको भनाइ छ ।

माणिककी छोरी नवीना एमालेको समानुपातिक सांसद हुन् । उनको गृहजिल्ला काभ्रेपलाञ्चोक हो । नवीना एमालेको भ्रातृ संगठन अनेरास्ववीयूकी पूर्वअध्यक्ष हुन् ।

बम राख्ने समूह र माणिकबीच पटक–पटक टेलिफोन सम्पर्क गरेको देखिएपछि पक्राउ गरेको बुझिएको छ । उनको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img