अन्यभोजपुर बजार क्षेत्रमा अव्यवस्थित तारको कारण बढ्यो जोखिम

भोजपुर बजार क्षेत्रमा अव्यवस्थित तारको कारण बढ्यो जोखिम

भोजपुरको वजारमा अब्यस्थीत तारको कारण वजार क्षेत्रमा जोखिम सँगै वजारको स्वरुप नै कुरुप बन्दै गएको छ ।

विजुलिका प्रत्येक पोलमा टेलिफोन ,इन्टरनेट र बिजुलिका तारको गुजुल्टो छ । एकै ठाँउमा टागिएका सब्ौ खालेतार बटारीएका छन् । कयौ बिजुलिका पोलहरु पुराना भैसकेकाले तारको भार थाम्न नसकेर पोल ढल्ने अबस्थामा पुगेका छन् । यसरि सुरक्षाको हिसावले संवेदनसिल वने पनि सरोकार वालाहरुले चासो नदिदा जोखिम वढ्दै गएको हो । तारहरु यत्रतत्र लत्रिइका छन् । ती गुजुल्टिएका तारहरुले कुनै वेला दुर्घटना हुन सक्ने खतरा रहेको स्थानियको भनाइ छ ।

पोलका गुजुल्टिएका तारको कारण बजारको सुन्दरतामा समेत आँच आएको छ । बजार क्षेत्रको मुख्य चोकका पोलमा जोखिम पुर्ण अवस्थामा विजुलि , इन्टरनेट र टेलिफोनका तार भेटिन्छन् । खासगरि भुकम्प ,आगलागि हावाहुरी जस्ता प्राकितिक विपतमा झनै खतरा हुने गरेको स्थानियको भनाइ छ । साघुरो सडक ठुला सवारी साधन कुदाउदा धेरै तारहरु चुडिने गरेको छ । न त विजुलि अपिसले हेर्छ ,नत इटरनेट कम्पनीले ,कति बेला कस्को धनजनको क्षति हुने हो थाँहा छैन ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img