म्याग्दी: अर्मन शिवालय मन्दिरमा गणेश पुराण ज्ञान माहायज्ञ सुरु भएको छ । चैत्र ९ गते गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका विभागीय मन्त्री मन्त्री रेशम बहादुर जुग्जालीको प्रमुख आथित्यमा गणेश पुराण ज्ञान माहायज्ञको समुटघाटन कार्यक्रम भएको हो ।
कार्यक्रममा मन्दिर निर्माणको लागि आवश्यक सहयोग गर्न तयार रहेको मन्त्री जुग्जालीको भनाई थियो ।
मंगला गाउपालिका वडा-५, अर्मनमा रहेको शिवालय मन्दिर मर्मत सम्भार, जग्गा ब्यावस्थापन तथा मन्दिर प्रचार प्रसार गर्ने उद्देश्यले अर्मन शिवालय मन्दिर ब्यावस्थापन समितिले माहायज्ञ गर्न लागेको जनाएको छ । माहायज्ञमा चैत्र ९ गते कलशयात्रा तथा कथा प्रारम्भ सम्पन्न भएको छ । चैत्र १०, ११ र १२ गते कथा बाचन र चैत्र १३ गते तिलापार्ण र समापन हुने मन्दिर ब्यावस्थापन समितिले जनाएको छ ।
त्यस्तै चैत्र ११ गते चौरासी पनि हुने र १४ गते बर्तबंध गर्ने मिल्ने मन्दिर ब्यावस्थापन समितिले जनाएको छ ।