काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेताहरूलाई सिस्डोलमा डम्प गरेमात्र देश सफा हुने बताएका छन् ।
आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताउदै नेताहरूलाई सिस्डोलमा डम्प गरेमात्र देश सफा हुने उनको भनाई छ ।
उनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत सिंहदरबारको फोहोर आजदेखि नउठ्ने जानकारी गराएका हुन्।
‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नुपरे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ,’ मेयर बालेनले फेसबुकमा लेखेका छन्।