पर्यटनतेह्रथुमको तिनजुरेमा बल्ल गुराँस फुल्न सुरू

तेह्रथुमको तिनजुरेमा बल्ल गुराँस फुल्न सुरू

सुनसरी / तेह्रथुमको तिनजुरे डाँडा (टिएमजे) मा निकै समय पछि गुराँस फुल्न थालेको छ । अगिल्लो वर्ष फागुन चैत बाट नै गुराँस फुल्ने गरेको थियोे भने यस पटक चैतको अन्तिम तिर बाट मात्रै गुराँस फुल्न थालेको छ ।

अगिल्लो वर्ष फागुन चैतमा तिनजुरे (टिएमजे) र सानो पाथीभरा मन्दिर डाँडामा गुराँस फुलेर राताम्मे हुन्थ्य । यस पटक बैशाख लाग्दा मात्रै गुराँस फुल्न सुरू गरेको छ । निकै ढिलो गरि गुराँस फुल्दा यहाँका व्यवसायी चिन्तामा परेका परेका थिए । व्यवसायी भन्छन् अब नयाँ वर्ष सुरू हुन लाग्यौं अब पर्यटक आउने आश गरेका छौ ।

फागुनको तेस्रो सातामात्र यहाँ हिउँ परेको थियोे । वसन्तपुरदेखि सुरु हुँदै आरआर गार्डेन, तिनजुरे, चौकी बजार, मङ्गलबारे, गुफा पोखरी हुँदै तिनजुरे–मिल्के–जलजले क्षेत्रमा यति बेला घुइँचो नै लाग्ने गर्ने ठाउँ अहिले गुराँस ढिलोगरि फुलेपछि पर्यटक आगमन कमै रहेको स्थानीय बासिन्दा बताउछन् । यहाँ अर्को पर्यटकीय क्षेत्र बसन्तपुर बजार नजिकै रहेको चोत्लुङ पार्क पनि हो । नयाँ वर्षमा यस तिनजुरे मिल्के जलजलेमा पर्यटकको घुइँचो लाग्ने गर्दछ ।

यस क्षेत्र तेह्रथुमको लालीगुराँस नगरपालिका र सङ्खुवासभाको सिमाना पर्छ । तिनजुरे मिल्के जलजले (टिएमजे) मा बैशाख जेठमा गुराँस फुलेर ढकमक्क हुने गर्दछ तअर्थ यस क्षेत्रले आन्तरिक तथा बाह्य पर्यटनको आगमन हुने गर्दछ ।

गुराँसको राजधानी भनेर चिनिने (टिएमजे) क्षेत्रमा विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजातिका गुराँस आँखै अगाडि देख्न सकिन्छ । तिनजुरे डाँडा समुद्री सतहबाट करिब १७ सय देखि ५ हजार मिटरको उचाइमा पर्दछ ।

गुराँस लगायत यस क्षेत्रमा कुम्भकर्ण, मकालु, अन्नपूर्ण हिमाल र विभिन्न तालतलैयाको दुश्य देख्न सकिन्छ । गुफापोखरी, खोपिङ पोखरी, भूतपोखरी, जलजला पोखरी तेह्रथुम र सङ्खुवासभा यहीँ पर्छ । साना हिमालदेखि सभापोखरी, पाँचपोखरी, बाहुलापोखरी यहाँका मुख्य आकर्षका क्षेत्र हुन् ।

आकाश खुलेसँगै चारैतिर टल्किए रहेको हिमाल र गुराँस फुलेको बेला गुराँस आँखै अगाडि देख्न सकिन्छ । खास गरी गुराँस फुल्ने र हिउँ पर्ने सिजनमा यहाँ पर्यटकहरूको भिड नै लाग्ने गर्छ । तेह्रथुमको जिल्लाको लालिगुराँस नगरपालिकाको तिनजुरे डाँडामा रहेको मन्दिरमा चैत्र र बैशाखमा उभौली पर्ने भएकाले पनि यो सिजनमा तिर्थालु एवं पर्यटकको संख्या बढ्ने गरेको हो ।

तेह्रथुममा प्राकृतिक सम्पदा मात्र नभएर पर्यटकहरुलाई अवलोकन अथवा दर्शन गर्न सकिने धार्मीक स्थलहरु समेत सानो पाथीभरा मन्दिर छ टिएमजेको सानो पाथीभरा मन्दिरको दर्शन गर्ने र वनभोजमा बढी आउने पर्यटन आउने गरेका छन् । मन्दिर टुटे देउरालीको डाँडा तिनजुरेको सिरानमा पर्छ । यहाँ बाट मौसम खुलेको बेला मनमोहक डाँडाकाडा र हरियाली पहाड आँखै देख्न सकिन्छ । नेपाल पर्यटन बोर्डले पर्यटकीय पूर्वाधार निर्माण गरि तीव्रता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img