Sunday, February 16, 2025
पर्यटनधनकुटा हिलेमा रहेको बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर

धनकुटा हिलेमा रहेको बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर

सुनसरी: धनकुटाको हिलेमा रहेको श्री बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिर धार्मिक तथा ऐतिहासिक पर्यटकीय मन्दिर हो । यस मन्दिरको प्रचार प्रसारको अभाव परेको छ ।

मन्दिर धनकुटाको हिले बजारबाट हिडेर १० मिनेटमा नै पुगिन्छ भने सवारीसाधनमा ५ मिनेटमा नै यस मन्दिर पुग्न सकिन्छ । यस मन्दिरको छुट्टै महत्त्व विशेषता रहेको छ । मन्दिरमा नाग देवताको बास रहेको विश्वासमा भक्तजनहरु पूजाआजाका लागि आउने गर्दछन्। नागपूजाका क्रममा सर्प, बिच्छी खजुर आदि अन्य विषालु जीवको पनि पूजा गरिन्छ। चट्याङले घरमा कुनै प्रकारका हानि नोक्सानी नपुर्‍याओस् भन्न बज्रवारकहरूको पूजा गर्ने चलन छ ।

मूलढोकामा नागको चित्र टाँसी विभिन्न पदार्थ चढाई पूजा गर्ने परम्परा छ। खासगरी मूलढोकाको दुवैतर्फ गोबरद्वारा निर्मित सर्पको मूर्ति बनाएर घ्यू, दूध आदिले धारा दिई दुबो, धानको लाबा चढाई चन्दन, पुष्प आदिले पूजा गरी नागको आराधना गर्नुपर्ने विधि शास्त्रमा उल्लेख छ।

भगवान् शिवको गहना र भगवान् विष्णुको आसनको रूपमा रहेको शेषनाग हिन्दुधर्ममा नागको महत्त्व महत्वपूर्ण मानिन्छ । योे मन्दिरमा पूजा–आराधनाका लागि धनकुटाका विभिन्न क्षेत्रसहित तेह्रथुम, भोजपुर,संखुवासभालगायतका स्थानबाट समेत भक्तजन तथा पर्यटन आउने गर्दछन् ।

IMG 20230223 162734 scaled Screenshot 2023 0316 122445

मन्दिरमा सात मुख भएको नागको करिब दश फुट अग्लो मुर्ति स्थापना गरिएको छ । खोटाङको हलेसी मन्दिरमा रहेको जस्तै धर्मद्रार पनि यहीँ रहेको छ । हरेक वर्ष नाग पञ्चमीको दिन मेला लाग्ने गर्दछ ।

मन्दिर प्रवेशद्धार गेट २०७९ साल कात्तिक ३ गते नेपाली सेनाले निर्माण गरेको हो । मन्दिर वि .स.२०६७ सालमा स्थापना गरिएको हो । विभिन्न देवदेविको दर्शन गर्नका साथै धनकुटा बजार, हिलेबजार उत्तरपानी, पाख्रीवास, विभिन्न फाट, हिमश्रृखला, चिया बगान लयायतको दृष्य आँखै अगाडिको देख्न सकिन्छ ।

Screenshot 2023 0316 122340 dhankuta hile 7

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img